११ लाखमै पाइन्छ मारुतीकाे ओम्नी भ्यान, यस्तो छ सुपर क्यारी र इको भ्यानको मूल्य

काठमाडौं । नेपालमा मारुती सुजुकीको कारले मात्रै हैन, भ्यान तथा एलसीबी (लाईट कमर्शियल भेहिकल) ले समेत राम्रो बजार पाइरहेको छ । कम्पनीको आधिकारिक बितरक सिजी मोटोकर्पले हाल, इको सिरीजका तीन,  ओम्नी सीरिजका दुइ गरि पाँच भ्यान तथा सुपर क्यारीको दुइ एलसीबी गरि सात मोडल बिक्री गरिरहेको छ ।

तीन भेरियन्टमा बिक्री भैरहेको इको कार्गाेको सबैभन्दा महङ्गो भेरियन्ट इको ५ एसटिआर (एसि) २२ लाख ४९ हजार रुपैयाँमा बिक्री भैरहेको छ भने, सस्तो भनिएको इको कार्गाे १२ लाख ९९ हजारमा बिक्री हुँदै आएको छ । यस्तै, इको ७ एसटिआर एसटिडी २२ लाख ३९ हजार रुपैयाँमा बिक्री भरहेको छ । इको भ्यानको कार्गो भर्सनले व्यापारीक क्षेत्रका सबै आवस्यकता पूरा गर्दै आएको छ । ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थीरताको लागि प्ल्याट वेड जस्ता विशेषताका कारण यसलाई बढि रुचाइने गरिन्छ ।

यस्तै, दूई भेरियन्टमा बिक्री भैरहको ओम्नी कार्गाे भ्यान १० लाख ९९ हजार र ८ सिट अप्शनमा उपलब्ध ओम्नी भ्यान १४ लाख ७९ हजार रुपैयाँमा बिक्री भैरहेको छ । यो गाडीलाई सुरक्षाका हिसाबले  अब्बल मानिन्छ ।  गाडीमा बलियो लोड डिस्प्रेसिङ च्यासिस, ड्राइभर र प्यासेन्जरका लागि सिट बेल्ट रिमाइन्डर तथा रिभर्स पार्किङ सेन्सरजस्ता दर्जन फिचर छन। कम्पनीका अनुसार कार्गो भ्यान इन्धन किफायती पनि छ । यो गाडीले प्रतिलिटर २० किलोमिटरसम्म माइलेज दिने गर्छ ।

यस्तै, मारुती सुजुकीको एलसीबी सुपर क्यारी ७९६ सीसी र ११९७ सीसी इन्जिनमा बिक्री भैरहेको छ । हलुका मालवाहक गाडिका रुपमा चिनीने सुपर क्यारीमा लाइट स्ट्रिमिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल असिस्ट ग्रिप, मल्टी पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधा दिइएको छ । १२ इन्चको ह्विल्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङका लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषता हुन् ।


Back_to_top