नेपालको सडकमा देखियो सीएफमोटोको नयाँ मोटरसाइकल

काठमाडौं । सीएफमोटोको नयाँ डुअल-स्पोर्ट मोटरसाइकल नेपालमा सडक परीक्षण सुरू गरिएको छ ।

नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले डुअल-स्पोर्ट सेगमेन्टमा नयाँ सीएफमोटोको २५० डुअलको परीक्षण सुरू गरेको हो ।

हाल सडक परिक्षणमा रहेको उक्त मोटरसाइकल चाँड लन्च हुने कम्पनीले जनाएको छ ।

सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई शहरी यात्रादेखि अफ-रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ । नयाँ मोटरसाइकललाई सीएफमोटोले मजबुत अफ-रोड क्षमता र स्लीक अर्बन-रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ ।

नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ ।

डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ विशेष डुअल-स्पोर्ट हेडलाइट जडान गरिएको छ । अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ ।

बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई-माउन्टेड एक्जस्ट, डुअल-पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ ।

एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप-राइट राइडिङ पोजिसनले सीएफमोटो २५० डुअललाई लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउने अपेक्षा गरिएको छ ।


Back_to_top