१२ लाखमा आयो सीएफमोटो ४५० सीएलसी मोटरसाइकल

काठमाडौं । नेपालमा सीएफमोटोले प्रिमियम मिड वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ ४५० सीसीको मोटरसाइल सार्वजनिक गरेको छ ।

नेपालका लागि सीएफ मोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेडले सीएफमोटो ४५० सीएलसी क्रुजर मोटरसाइकल बिक्री सुरू गरेको हो ।

कम्पनीले सीएफमोटो ४५० सीएलसी मोटरसाइकलको मूल्य ११ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । ग्राहकले देशभरका सीएफमोटोका आधिकारिक शोरुमहरूबाट नयाँ मोटरसाइलको बुकिङ र डेलिभरी लिनसक्ने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकल विशेषगरी स्टाइलिस र शक्तिशाली क्रुजर खोजिरहेकाहरूलाई उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीको भनाइ छ ।

लो-स्लंग स्टान्स, मस्कुलर फ्युल ट्याङ्की र मिनिमलिस्ट डिजाइनले ४५० सीएलसीलाई स्टाइल र प्रदर्शन दुवैमा विशेष बनाएको छ।

सीएफमोटो ४५० सीएलसी क्रुजर मोटरसाइकलमा ४४९ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन सिलिण्डर डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ४० हर्षपावर र ४२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियर भएको यो मोटरसाइकलमा स्लिपर क्लच उपलब्ध छ ।

यो मोटरसाइकल निकै प्रिमियम मोटरसाइकहरूमा हुने जस्तै बेल्ट ड्राइभ सिस्टम रहेको छ । ४५० सीएलसीको फ्रन्टमा ३७ एमएम यूएसडी सस्पेन्सन र रियरमा प्रिलोड मोनोशक सस्पेन्सन उपलब्ध छ ।

यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक, ट्रयाक्सन कन्ट्रोल, साइड स्ट्याण्ड सेन्सर, टीएफटी डिस्प्ले, बारइण्ड मिरर, एलईडी लाइट सेटअप जस्ता फिचर उपलब्ध छ ।


Back_to_top