तनावका बीच टर्किस एयरलाइन्सको नेपाल उडान नियमित

काठमाडौं । मध्यपूर्वमा तनावका बीच टर्कीस एयरलायन्सले नेपालमा उडान नियमित रहेको जनाकारी दिएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै इस्तानबुल-काठमाडौं-इस्तानबुल नियमित उडान सेवा सामान्य रूपमा संचालन भइरहेको जनाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित उडानहरूमा कुनै अवरोध नरहेको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले आइतबारका लागि निर्धारित उडान तालिका अनुसार नै संचालन भइरहेको जनाइएको छ ।

शनिबार इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि खाडी क्षेत्रको हवाई आकाश बन्द गरिएको थियो ।


Back_to_top