काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरीले आफ्ना कारमा २४०० एमपीए अल्ट्रा हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गर्ने भएको छ । उक्त स्टीलको लागि कम्पनीले एचबीआइएस ग्रुपसँग साझेदारी गरेको हो ।
एचबीआइएससँग मिलेर तयार पारेको अल्ट्रा हाइ स्ट्रेन्थ स्टीलमा बनेको टफनेस हट फम्र्ड स्टील प्लेट सार्वजनिक गर्दै चेरीले आफ्ना कार सुरक्षामा कुनै सम्झौँता नगर्ने संदेस दिएको हो ।
‘हट–फम्र्ड स्टील प्लेट’हरु आधुनिक कारमा अपरिहार्य बन्दै गएका छन् । गाडीको सुरक्षामा यी स्टील ए पिलर, बी पिलर, ढोका, बीम र फ्लोरमा निकै महत्वपूर्ण मानिन्छ । जसले यात्रु सुरक्षा र गाडीकै आयुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
अहिलेसम्म परम्परागत रुपमा अटोमोबाइल क्षेत्रले १३०० देखि १८०० एमपीएसम्मका स्टील प्रयोग गर्दै आएका छन् । चेरीले त्योभन्दा निकै माथि उठेर अल्ट्रा हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गर्ने भएको हो ।
चिनियाँ स्टार्टअप अटोमोबाइल कम्पनी साओमीले भने आफ्नो वाइयु सेभेन मोडलमा २२०० एमपीए स्ट्रेन्थ भएको स्टील प्रयोग गरिसकेको छ ।
२४०० एमपीए अल्ट्रा हाइ स्ट्रेन्थ स्टीलको फाइदाहरु छन् । पहिलो फाइदा भनेको यसको कम तौल हुनु हो । तौल कम हुने वित्तिकै गाडीको कर्भ वेट कम हुन्छ । गाडीको पर्फमेन्समा सुधार हुनेछ ।
दोस्रो गाडीको दिगोपन हो । यस्ता स्टीलबाट बन्ने कार सुरक्षाको मामलामा अब्बल र लामो समय बडी टिकाउने हुने खालका हुन्छन् ।
तेस्रो सुरक्षामा अब्बल र कम तौल भएसँगै यसको प्रयोग गरेर गाडी बनाउन पनि तुलनात्मक रुपमा सजिलो हुने एचबीआइएस ग्रुपले जनाएको छ ।
चेरीले यसको स्ट्रक्चर सार्वजनिक गर्दै कम्पनीले कठोर परीक्षणहरुमा यसलाई उतारिसकेको जनाएको छ । जसमा ठूलो सफलता मिलेको कम्पनीको दावी छ ।
चेरीले आफ्ना ब्राण्डहरु चेरी, आइकार, ओमोडा, जेको र जेटोर जस्ता ब्राण्डका गाडीमा उक्त स्टील प्रयोग गर्नेछ ।

