चीनले एक वर्षमै बेच्यो १ करोड ६५ लाख एनईभी

काठमाडौं । चीनले सन् २०२५ मा झण्डै १ करोड ६५ लाख युनिट न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री गरेको छ । चीनले सन् २०२४ मा कुल १ करोड ६४ लाख ९० हजार युनिट एनईभी बिक्री गरेको हो । यो घरेलु तथा अन्तर्राष्ट्रिय दुवै बजारमा बिक्री गरेको कुल संख्या हो ।

अघिल्लो वर्षको तुलनामा चीनमा सन्२०२५ मा २८.२ प्रतिशत धेरै एनईभी बिक्री भएको हो । चीनले सन् २०२४ मा १ करोड २८ लाख ५९ हजार युनिट एनईभी बिक्री गरेको थियो ।

चीनले सन् २०२५ मा घरेलु बजारमा १ करोड ३८ लाख ८० हजार र अन्तर्राष्ट्रिय बजारमा २६ लाख २० हजार युनिट एनईभी बिक्री गरेको हो । अघिल्लो वर्षको तुलनामा विदेश निर्यात शतप्रतिशत र घरेलु बजारमा बिक्री १९.८ प्रतिशतले बढेको हो ।

एनईभीमा ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी), प्लग इन हाइब्रिड इलेक्ट्रीक भेहिकल (पीएचईभी), र फ्युल सेल सवारी पर्दछन् । २०२५ मा चीनको कुल सवारी साधन बिक्रीमा एनईभीको हिस्सा झण्डै आधा अर्थात् ४७.९ प्रतिशत रहेको छ ।

सन् २०२५ मा चीनले कुल ३ करोड ४४ लाख युनिट सवारी साधन बिक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशत धेरै हो । यससँगै चीन लगातार १७ औं वर्ष विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार बनेको छ ।


Back_to_top