काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्ना दुई नयाँ एसयूभीको बुकिङ खुलाएको छ । कम्पनीले हालै सार्वजनिक गरेका महिन्द्रा एक्सईभी नाइन एस र महिन्द्रा एक्सयूभी सेभेन एक्सओको बुकिङ खुलाएको हो ।
कम्पनीले बुकिङ खुलाएको पहिलो दिनको ४ घण्टामै यी एसयूभीको बुकिङले रेकर्ड बनाएको छ । ४ घण्टामा दुवै एसयूभीको संयुक्त बुकिङ ९३ हजार ६८९ युनिट पुगेको हो । यो हालसम्म महिन्द्राका कुनै पनि नयाँ सवारी साधनमा छोटो समयमा भएको सर्वाधिक बुकिङ हो ।
एक्स शोरूम मूल्यका आधारमा कुल बुकिङ मूल्य २० हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको हो । महिन्द्राको नयाँ एक्सईभी नाइन एस इलेक्ट्रीक र एक्सयूभी सेभेन एक्सओ आइस एसयूभी हो ।
एक्सईभी नाइन एसले महिन्द्राको विद्युतीय लाइनअप र एक्सयूभी सेभेन एक्सओले आइसीई एसयूभी सेग्मेन्टमा ब्रान्डको स्थापित उपस्थितिलाई झनै बलियो बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीले एक्सयूभी सेभेन एक्सओको डेलिभरी सुरू गरिसकेकाे छ भने एक्सईभी नाइन एसको डेलिभरी जनवरी २३ देखि गर्नेछ ।

७ सिट क्षमताको इलेक्ट्रीक एक्सईभी नाइन एसको लम्बाइ ४७८९ एमएम, चौडाइ १९०७ एमएम, उचाइ १६९४ एमएम छ । कम्पनीले यसमा २७७५ एमएम लामो ह्वीलबेस दिएको छ । महिन्द्राका अनुसार एक्सईभी ९ एस मोडलको ग्राउण्ड क्लियरेन्स ब्याट्रीबाट २१८ एमएम र बडी पार्टबाट २०७ एमएम अग्लो छ ।
एक्सईभी ९ ईकै जस्तो फ्रन्ट फेसियामा सजिएको नयाँ ७ सिट क्षमताको एसयूभीमा फुलविथ एलईडी डीआरएल, भर्टिकल इन्ट्रिग्रेटेड एलईडी हेडलाइट, सेन्टरमा महिन्द्राको इलेक्ट्रीक झल्काउने इलुमिनेटेड लोगो दिएको छ ।
एक्सईभी नाइन एसमा फ्लस डोर ह्याण्डल, नयाँ डिजाइनको अलोय ह्वील, ब्ल्याक कलरको बडी क्लाइडिङ प्रयोग भएको छ । महिन्द्राले एक्सईभी ९ एसको इन्टेरियरमा १२.३ इन्चको ट्रिपल स्क्रीन लेआउट सहित भिजन एआर एचयूडी समेत दिएको छ । तीन स्क्रीन मध्ये सेन्टर र प्यासेन्जर स्क्रीन टचमा उपलब्ध छ । ड्राइभर इन्फर्मेसन स्क्रीन टीएफटी पाउन सकिन्छ ।
कम्पनीका अनुसार यसमा लेटेस्ट फाइभ जी कनेक्टिभिटी छ । यसमा पावर्ड बोस मोड, मल्टिजोन क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइट सहितको स्काई रुफ, ठूलो साइजको खोल्न सकिने पानारोमिक सनरुफ, १६ वटा हर्मन कार्डनको स्पिकर, ५४० डिग्री क्यामरा, एनएफसी बेसको डिजिटल कार्ड, वायलेस चार्जिङ पाउन सकिन्छ ।

एक्सईभी नाइन एसमा २१० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले २८२ हर्सपावर र ३८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो ईभीलाई शून्यबाट १०० किलोमिटरको स्पीडमा गुडाउन जम्मा ७ सेकेण्ड लाग्छ । यसको टपस्पीड क्षमता २०२ किलोमिटर प्रतिघण्टा छ ।
महिन्द्राले एक्सईभी ९ एसलाई ५९, ७० र ७९ किलोवाट आवर गरी तीन फरक ब्याट्रीप्याकमा ल्याएको छ । यसले १८० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
सुरक्षाको लागि यो एसयूभीमा अल्ट्रा हाइस्ट्रेन्थ स्टील, ६ वटा एयरब्याग, चारै चक्कामा डिस ब्रेक, लेभल २ प्लस एडास, एईबी, एडाप्टिभ क्रुज कन्ट्रोल, अटो पार्किङ जस्ता अत्याधुनिक फिचर छन् ।
त्यस्तै, महिन्द्राको नयाँ मिड साइज एसयूभी ‘एक्सयूभी सेभेन एक्सओ’ एक्सयूभी ७०० को फेसलिफ्ट मोडल हो । एक्सयूभी सेभेन एक्सओ ६ सिटे र ७ सिटे दुई विकल्पमा उपलब्ध छ । एक्सयूभी सेभेन एक्सओमा नयाँ फ्रन्ट ग्रिल, रिडिजाइन गरिएको एलईडी हेडलाइट्स, एलईडी फग लाइट्स, परिमार्जित फ्रन्ट बम्पर, १९ इन्चको एलोय ह्वील, एलईडी टेल लाइट, सिग्नेचर स्पोर्टियर रियर बम्पर, पानारोमिक सनरुफ रहेको छ ।

एक्सयूभी सेभेन एक्सओमा ड्राइभर डिस्प्ले, सेन्टर इन्फोटेनमेन्ट र अगाडिको यात्रुको लागि छुट्टै गरी ३ वटा स्क्रीन रहेको छ । हरेकको साइज १२.३ इन्च रहेको छ । त्यस्तै, यसमा टु स्पोक स्टेयरिङ ह्वील, भेन्टिलेटेड फ्रन्ट सिट, अगाडिको यात्रु सिटको लागि पावर्ड बोस मोड, डल्बी एटमस भएको १६ स्पिकर हर्मन कार्डन साउण्ड सिस्टम र वायरलेस चार्जिङ पनि छ ।
एक्सयूभी सेभेन एक्सओमा ६ वटा (टप मोडेलमा ७ वटा) एयरब्याग, ५४० डिग्री क्यामेरा, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र आइएसओ फिक्स सिट एंकरेज, लेभल २ एडास (एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, स्वचालित आपतकालीन ब्रेकिङ) सुरक्षा फिचर छन् ।
एक्सयूभी सेभेन एक्सओमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । यी इन्जिनसँग ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहेको छ। एक्सयूभी सेभेन एक्सओको डिजेल भर्सनमा अलह्वील ड्राइभ अप्सन समेत उपलब्ध छ ।
भारतमा बिक्री सुरू भइसकेका यी दुवै एसयूभी नेपाली बजारमा पनि चाँडै आउने बताइएको छ ।

