विद्युतीय गाडीमा चलेको ‘प्राइस वार’ले डिलरको गुम्यो २० अर्ब डलर

काठमाडौं । चिनियाँ अटोमोटीभ इन्डष्ट्रिज एसोसियशनले सरकारलाई गाडी उत्पादकहरु बीच चलिरहेको प्राइस वारमा हस्तक्षप गर्न आग्रह गरेको छ । निरन्तर कम्पनीहरु बीच प्राइस वार चल्दा ठूलो आर्थिक क्षती भएको भन्दै सरकारलाई हस्तक्षप गर्न भनिएको हो ।

‘दी चाइना एशोसियसन अफ अटोमोवाइल म्यानुफ्याक्चरर्स’ (सीएएएम) ले चिनियाँ सरकारलाई प्राइस वारको बारेमा एक रिपोर्ट बुझाउँदै डिलर चलाउनै कठिन अवस्था आएको उल्लेख गरेको छ ।

सीएएएमले धेरै सदस्य कम्पनीहरुबाट अहिले भइरहेको प्राइस वारले गर्दा डिलरहरु आर्थिक संकटमा फसेको दावी गरेको छ । अहिले धेरै थरिका नाटकीय समस्याहरु थपिदै गएका छन् । संगठनले डिलरहरुले भोगिरहेको समस्याका कारण ठूलो आर्थिक जोखिम सृजना भएको भन्दै सरकारलाई नीतिगत ब्यवस्था गर्न भनिएको छ ।

अहिले चिनियाँ अटो उत्पादक र डिलरहरुले प्रत्येक नयाँ कार बिक्रीमा ठूलो नोक्सानी व्यहोरिरहेका छन् । जसका कारण कम्पनीहरुको नगद प्रबाहमा नै समस्या आउनुका साथै पुँजी नै घट्दै गएको सीएएएमले बताएको छ ।

अहिले चिनियाँ अटोमोवाइल कम्पनीहरुले मुख्य दुई समस्या भोगिरहेका छन् । पहिलो बिक्रीमा कमी हुनु हो । त्यहि कारण स्टक लिएर बस्दा डिलरहरु घाटामा गएका हुन् ।

दोस्रो समस्या भनेको प्राइस वार नै हो । डिलरहरुले आफ्नो लागतभन्दा पनि कम मूल्यमा गाडीहरु बेच्न बाध्य भएका छन् । फलस्वरुप जति गाडी बेच्यो उतिनै घाटा बढिरहेको छ ।

अगस्टको रिपोर्ट अनुसार बिक्री मूल्य र उत्पादन कस्टको फरक २२.८ प्रतिशत नेगेटिभ पुगेको छ । अघिल्लो वर्षको सोही समयको भन्दा १०.७ प्रतिशत अंकले फराकिलो भएको छ ।

अगस्टमा नयाँ कारमा औषत डिस्काउण्ट १७.४ प्रतिशत भएको थियो । यो प्राइस वारका कारण जनवरीदेखि अगस्टसम्ममा १९.६ बिलियन अमेरिकी डलर घाटा ब्योहोरी सकेका छन् ।

सीएएएमले चिनियाँ सरकारसँग अटो इन्डष्ट्रिज र डिलरशिप बचाउन जतिसक्दो छिटो फाइनान्सीयल रिलीफ प्याकेज घोषणा गर्न माग गरेको छ ।


Back_to_top