काठमाडौं । जर्मन ब्राण्ड मर्सिडिज र चिनियाँ ब्राण्ड जिलीको संयुक्त लगानीमा स्थापना भएको स्मार्ट ब्राण्डको ह्यासट्याग ३ मोडल नेपाल आएको छ । सीजी मोटर्सले ल्याएको स्मार्टको #3 एसयूभी प्रिमियम मोडल हो ।
सीजी मोटर्सले कलर अनुसार मूल्य कायम गरेर ल्याएको #3 एसयूभी चाँडै बिक्री सुरु हुँदैछ । ओरेन्ज कलर भएको गाडीको मूल्य १ करोड २० लाख र इलेक्ट्रोन ब्लू म्याट्रीकको मूल्य १ करोड २२ लाख कायम गरिएको छ ।

नेपाली बजारमा उपलब्ध स्मार्ट #3 मोडलमा ६६ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । अधिकतम १५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्ने नयाँ एसयूभीलाई ७.४ किलोवाटको एसी चार्जरले घरमै चार्ज गर्न पनि सकिन्छ । यसमा मोटर भने ठ्याक्कै २०० किलोवाट क्षमताको छ ।

यूनिक डिजाइनको ह्वील, ग्यालेक्सी पानारोमीक रुफ, अटोमेटीक पार्किङ एसिस्ट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट स्टेरिङ ह्वील र यूनिक एसी भेन्टहरु पाउन सकिन्छ ।


