काठमाडौं । सरकारले चालू आर्थिक वर्षदेखि सवारी साधनको वर्गिकरण गरि अन्तःशुल्क निर्धारण गरेको छ । त्यसले ठूलो इन्जिन क्षमताका मोटरसाइकलको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । तर १ सय ४९ सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकलमा भने अन्तशुल्क बढाइएको छैन ।
सोमबार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आफ्ना सदस्य सवारी बिक्रेताहरुले दिएको मोटरसाइकलको अधिकतम खुद्रा मूल्य प्रकाशित गरेको थियो । त्यही मूल्यसूचीका आधारमा यहाँ नेपालमा उपलब्ध सबैभन्दा सस्ता पाँच मोटरसाइकलको बारेमा उल्लेख गरिएको छ ।
रनरका बाइक आरटी, १ लाख ५२ हजार

रनर मोटरसाइकल नेपाली बजारमा रमन मोटर्सले उपलब्ध गराउँदै आएको छ । ८० सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ५२ हजार रुपैयाँ तोकिएको छ ।
टीभीएस स्टार स्पोर्ट, १ लाख ५६ हजार ९ सय

भारतीय सवारी उत्पादक कम्पनी टीभीएसको मोटरसाइकल नेपाली बजारमा जगदम्बा मोटर्सले उपलब्ध गराउँदै आएको छ । १ सय सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ५६ हजार ९ सय रुपैयाँ रहेको छ ।
यामाहा सलुटो, १ लाख ८७ हजार ९ सय

यामाहाको मोटरसाइकल नेपाली बजारमा एमएडब्लू इन्जिरप्राइजले उपलब्ध गराउँदै आएको छ , यामाहा सलुटो ड्रम र डिस दुई मोडलमा उपलब्ध छ । १ सय २५ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको ड्रमको १ लाख ८७ हजार ९ सय र डिसको १ लाख ९२ हजार ९ सय रुपैयाँ रहेको छ ।
होन्डा सीडी ड्रिम, १ लाख ७० हजार ९ सय

हौन्डाको मोटरसाइकल नेपालमा स्याकार ट्रेडिङले उपलब्ध गराउँदै आएको छ । हुन्डाले यो मोटरसाइकल विगतमा ड्रिम युगा नाममा ल्याएको थियो । अहिले सीडी ड्रिम डिलक्स नाम दिइएको यो मोटरसाइकलमा १ सय १० सीसीको इन्जिन छ । यो मोटरसाइकलको बजार मूल्य १ लाख ७० हजार ९ सय रुपैयाँ तोकिएको छ ।
रनर एडी ८० एलोय, १ लाख ५८ हजार

रनरको अर्को सस्तो मोटरसाइकल हो एडी ८० एलोय । यो मोटरसाइकलमा पनि ८० सीसी इन्जिन क्षमता रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।

