यी हुन् विश्व बजारमा सस्तोमा पाइने १० स्पोर्टस कार

काठमाडौं । स्पोर्टस कार चढ्ने सोख धेरैमा हुन्छ । मूल्यका कारण उपभोक्ताले स्पोर्टस कार सहजै खरिद गर्न सक्दैनन् । तर यहाँ सस्तो मूल्यमा पाइने स्पोर्टस कारको बारेमा उल्लेख गरिएको छ । 

बीएमडब्लू एम२४०आइ

जर्मन कार निर्माता कम्पनी बीएमडब्लूको स्पोर्टस कार एम२४०आइ करिब १० हजार अमेरिकी डरमा पाइने कम्पनीले जनाएको छ । सस्तो मूल्यमा स्पोर्टस कार खोज्नेहरुका लागि यो उपयोगी हुन सक्छ । 

निसान ३७०जेड

यो कार चलाएकाहरुलाई थाहा हुन्छ यसको बिशेषता के छ भनेर । स्पोर्टस कारका पारखिहरुले निसानको ३७०जेड ३० हजार डलर जति मा खरिद गर्न सक्छन् । 

टोयोटा ८६/सुबारु बीआरजेड

टोयोटाको ८६ र सुबारुको बीआरजेड जुम्लिया जस्तै छन् । यी कार २७ हजार डलरमै नयाँ रेयर–ह्वील ड्राइभमै पाउन सकिने कम्पनीले जनाएको छ । 

अडी टीटी आरएस

अडीको टीटी आरएस अन्य कारभन्दा अलि महगो छ । यसको मूल्य ६५ हजार डलर रहेको छ । यद्यपी कम्पनीले यो कारको मूल्य निक्कै घटाएको जनाइएको छ । यो कार निक्कै शक्तिशाली रहेको छ । टीटी आरएसले शून्यदेखि ६० माइल प्रतिघण्टाको दुरी ३.४ सेकेन्डमै तय गर्न सक्छ । 

फोर्ड मुस्ताङ इकोबुस्ट

इन्ट्रिलेवल मुस्ताङ इकोबुस्टमा ३१० एचपी, २.३ लिटर इन्जिन रहेको छ । यो गाडी २५ हजार डलरमा पाइने कम्पनीले जनाएको छ । 

सेब्रोले कोरभेट 

अमेरिकी कार उत्पादक कम्पनी सेब्रोलेको स्पोर्टस कार पनि निक्कै चर्चित रहेको छ । सीसेभेन जेनेरेशनको यो कार ४५५ एचपीको पावरयुक्त रहेको छ । यसको मूल्य ५५ हजार डलर रहेको छ । 

अल्फा रोमयो ४सी

अल्फा रोमियोको स्पोर्टस कार निक्कै आकर्षक रहेको छ । ४सी शक्तिशाली स्पोर्टस कार मध्येको एक हो । यो कारको मूल्य ६० हजार डलर रहेको छ । 

माज्दा मियटा

जापानी कार उत्पादक कम्पनी माज्दाको स्पोर्टस मियटा पनि २५ हजार डलरमै पाइन्छ । मूल्य हेरेर स्पोर्टस कार किन्नेहरुका लागि टोयोटा ८६, सुबारु बीआरजेड जस्तै माज्दा मियटा पनि सस्तो मै पाइन्छ । 

पोर्स्च क्यामेन

पोर्स्चको स्पोर्टस कार धेरैको रोजाइमा पर्ने गरेको छ । पोर्स्चको क्यामेनको मूल्य ५७ हजार डलर रहेको छ । स्पोर्टस कारमा जर्मन स्मापेर्टस कार निर्माता कम्पनी पोर्स्चको कार निक्कै लोकप्रिय रहेको छ ।  


Back_to_top