उपत्यकाको बीच सडकमा नै यसरी बस र कार दब्छन्

काठमाडौं । उपत्यकाकै सबैभन्दा ठूलो स्मार्ट सिटी निर्माण गर्ने भनिएको मूलपानी देखि साँखुसम्मको एरियामा ओहोर दोहोर गर्ने सडकको दुराअवस्था भएको छ । बीच सडकमा नै साना कारदेखि ठुला बससम्म फस्ने गरेका छन् ।

माथी तस्बिरमा भएको दुर्धटना थलि र डाँछीको बीच खण्डमा भएको हो । यहाँ दुबै सवारीसाधन फसेका छन् । बाटो बन्द भएको छ । २०७२ साल कार्तिकदेखि बिस्तार सुरु गरिएको यो सडक बर्षालागेसँगै निकै चुनौति पूर्ण यात्रा गर्नु पर्ने अबस्थामा पुगेको छ । 

हरेक दिन सवारी दुर्घटना नभएको दिन नै छैन डाँछिका स्थानीयवासी रामकुमार डंगोलले भने । ‘सडक अस्तब्यस्थ छ, अस्तिनै सकिन्छ भन्थे काम भएकै छैन’ उनले मेरोअटोसँग भने । अहिले दैनिक सरदर १० वटा दुर्घटना हुने गरेको उनले बताए । 

चावहिल–साँखु सडक विस्तारपछि २२ मिटर फराकिलो बन्नेछ । यसका लागि अहिले भइरहेको सडक केन्द्रविन्दुबाट ११–११ मिटर क्षेत्रफल खाली गर्नुपर्ने मापदण्ड छ । तर, स्थानीयवासीले समयमा आप्नो घर नभत्काउँदा समस्या परेको ठेकेदार कम्पनीले दाबी गर्दै आएको छ । 


Back_to_top