सीथ्रीपछि सिट्रोनको अर्को नयाँ एसयूभी, सुरु भयो परिक्षण

काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा नयाँ एसयूभी बजारमा विक्री सुरु गरेपछि सिट्रोन इन्डियाले अर्को नयाँ एसयूभीको परिक्षण सुरु गरेको छ । कम्पनीले अब कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ एसयूभीको परिक्षण सुरु गरेको हो ।

सन् २०२३ को पहिलो क्वाटरमा डेब्यू गर्ने तयारीको साथ सिट्रोनले नयाँ एसयूभीको परिक्षण सुरु गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विशेषत निकै सफल मानिएको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अहिले धेरै गाडी उपलब्ध रहेका छन् । यो सेग्मेन्टलाई हुन्डाई क्रेटाले नेतृत्व गरिरहेको छ भने किया, फक्सवागेन, स्कोडा जस्ता ब्राण्डले पनि एसयूभी उपलब्ध गराएका छन् ।

अहिले पूर्णरुपमा ढाकेर परिक्षण भइरहेको यो एसयूभी प्रिमियम फिचरको साथ बजारमा आउने छ । सिट्रोनले नयाँ एसयूभीमा के कस्ता फिचर दिनेछ भन्ने विषय बाहिर नआएपनि केही सेग्मेन्ट फर्स्ट फिचर यसमा उपलब्ध हुनेछ ।

केही फिचर सीथ्रीबाट पनि लिने अनुमान गरिएको छ । नयाँ एसयूभीमा ठूलो फ्रन्ट ग्रिल, प्रोजेक्टर हेडल्याम्प, १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको फुल डिजिटल क्लष्टर, प्रिमियम सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछन् ।


Back_to_top