काठमाडौं । निसानको आधिकारीक विक्रेता कम्पनी पायोनियर मोटोकर्पले आफ्नो सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले म्याग्नाइट, किक्स, नाभारा र एक्सट्रेल मोडलको मूल्य बढाएको हो ।
कम्पनीले म्याग्नाइट सब फोर मिटर एसयूभीको मूल्य ३ लाखभन्दा धेरैसम्मले बढाएको छ । इन्ट्री लेभल भेरियन्टको मूल्य नै २ लाख रुपैयाँले वृद्धि गरेको छ । यसअघि एक्सई भेरियन्टको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ३३ लाख ९९ हजार रुपैयाँ बनाइएको छ ।
निसान किक्स र एक्सट्रेलको मूल्य पनि बढाएको कम्पनीली मोडल र भेरियन्ट अनुसार ५० हजारदेखि ४ लाख रुपैयाँसम्म छुट दिने घोषणा पनि गरेको छ ।



