काठमाडौं । सिभिल बैंकले तीनपाङ्ग्रे सवारी पियाजो किन्नकालागि कर्जा दिने भएको छ। सिभिल बैंकले विवेक अटोमोवाइल्स प्रालिसँग कर्जा दिने बारे सम्झौता गरेको जनाएको छ।
सम्झौतापत्रमा सिभील बैंकका चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे।
बैंकले विपन्नवर्ग कर्जा कार्यक्रमअन्तर्गत ‘पियाजो’ मा ७० प्रतिशत लगानी गर्ने बताएको छ । यात्रु ओसारपसार तथा सामान ढुवानीमा ‘पियाजो’ इटालियन तीनपाङ्ग्रे सवारी साधन उपयुक्त रहेको विज्ञप्तिमा जनाइएको छ।
सम्झौताबाट देशका बिभिन्न भागका युवालाई रोजगारीको अवसर जुट्ने बैंकका बिजनेस अफिसर सुजितकुमार शाक्यले बताए। बैंकले यस अघि ५९ शाखा र नौ शाखा रहित बैंकिङमार्फत विपन्न कर्जा परिचालन गर्दै आएको जनाएको छ।

