अब १२५ सीसीको वाइकमा पनि अनिर्वाय एबीएस सिस्टम

काठमाडौं । मोटरसाइकलमा एन्टी लक ब्रेकिङ सिस्टम अर्थात् एबीएस त्यस्तो सुरक्षित फिचर हो, जसले इर्मजेन्सि ब्रेक लगाउँदा बाइकका पाङ्ग्राहरू पूर्ण लक गराउँछ र रोक्न सहयोग पुर्याउँछ । 

जुन २०१८ को अप्रिलपछि उत्पादन हुने नयाँ मोडलका सबै मोटरसाइकलमा एबीएस अनिवार्य भएको छ । भारत सरकारले १ सय २५ सीसी र त्योभन्दा बढी इञ्जिन क्षमताका मोटरसाइकलमा एबीएस अनिवार्य गरेको कारण अब आउने बाइकमा अनिर्वाय एबीएस आउने छ ।  

त्यस्तै, हाल उत्पादन भइरहेका मोडलहरूमा भने २०१९ को अप्रिलमा अनिवार्य एबीएस बनाउनुपर्ने समयसीमा तोकिएको छ । 

यसअघि महंगो मोटरसाइकलमा मात्र सीमित हुने एबीएस सिस्टम अब मध्यम रेञ्जका मोटरसाइकलमा पनि अनिवार्य राख्नुपर्ने भएको छ ।

एबीएस के हो र यसले कसरी काम गर्छ ?

एन्टी लक ब्रेकिङ सिस्टम अर्थात् एबीएसले सवारी गुडिरहेको बेला ब्रेक लगाउँदा चिप्लने अवस्थाबाट रोक्न सहज होस् भनेर विकास गरिएको प्रणाली हो । 

एबीएसमा ह्वील स्पीड सेन्सर हुन्छ, जसले सवारी गुडिरहेका बेला ब्रेक लगाउँदा एकभन्दा बढी ह्वील लक हुन दिँदैन । 

जब ह्वील लक हुन खोज्छ, त्यतिबेला हाइड्रोलिक भल्भ सिरिजले ब्रेकिङलाई नियन्त्रण गर्ने र सवारीलाई चिम्पनबाट रोक्ने काम गर्छ । 

अब २०१९ पछि नेपाल अाउने सबै १२५ सीसीभन्दा माथिका माेटरसाइकलमा पनि एबिएस सुविधा हुने छ । 


Back_to_top