काठमाडौं । मारुति सुजुकीको नेपालको लागि आधिकारीक वितरक सिजी मोटोकर्पले बजेटपछि सवारी साधनको मूल्यमा वृद्धि गरेको छ । अधिकतम १३७३ सीसीसम्मको गाडी रहेको मारुतिको मूल्यमा १६० हजार रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
कम्पनीले सबैभन्दा बढी बलेनोमा १६० हजार मूल्य बढाउँदा डिजेल एसयुभी भिटारा ब्रेजामा ४ लाख ७० हजारसम्म मूल्य घटाएको छ ।
सबैभन्दा कम मूल्य वृद्धि ओम्नी कार्गो र ओम्नी ८ सिटर भ्यानमा भएको छ । कम्पनीले यी गाडीमा ३० हजार रुपैयाँले मूल्य बढाएको छ भने स्विफ्टमा ४० हजारले मूल्य बढाइएको छ ।
सरकारले एक हजार सीसीसम्मका सवारीसाधनमा अन्तःशुल्क वृद्धि गरेको छैन भने १५ यस सीसीसम्मका सवारी साधनमा ५ प्रतिशतले अन्तःशुल्क बढाइएको छ । तर, सडक दस्तुर कर भने मारुतिका सबै गाडीमा मूल्यको १ प्रतिशतले वृद्धि भएको छ ।
यस्तो छ नयाँ मूल्यसुची
टेवलमा भएको रकम रु. ०००।– हजारमा