टोयोटा ‘कोरोला क्रस’ दुई भेरियन्टमा नेपाल आउँदै, सार्वजनिक भयो मूल्य

काठमाडौं । टोयोटाले केही मिड साइज क्रसओभर एसयूभी कोरोला क्रस नेपालमा बिक्री सुरु गर्ने भएको छ । टोयोटाले यो क्रसओभरलाई केही दिनअघि थाइल्याण्डमा सार्वजनिक गरेको थियो ।

नेपालका लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले ‘कोरोला क्रस’ एसयूभी आगामी अगस्ट महिनामा नेपालमा बिक्री सुरु गर्ने जनाएको छ ।

कोरोलाको चर्चित मोडल नेम प्लेटमा आउन लागेको यो एसयूभी गत जुलाई ९ मा थाइल्याण्डमा लन्च भएसँगै अटो पारखीहरुका माझ यसको चर्चा व्यापक भएको थियो ।

टोयोटाले विश्वमा सबैभन्दा बढि बिक्री गरेको मोडल कारोलाको नाम दिइएको यो एसयूभी ‘टीएनजीए’ प्लाटफर्ममा बनेको हो । नेपालमा एकदमै सफल टोयोटाको एसयूभी र्‍याभफोर भन्दा केही सानो यो एसयूभीको मूल्य पनि र्‍याभफोर भन्दा कम रहेको छ ।

कम्पनीले साउन ८ गते नै यसको मूल्य प्रकाशन गरेको छ । प्रकाशित मूल्यसूची अनुसार कोरोला क्रस इन्ट्री मोडलको मूल्य १ करोड १२ लाख र कोरोला क्रस हाई भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ ताेकिएको छ ।

कोरोला क्रसमा १.८ लिटरको फोर सिलिण्डर पेट्रोल रेगुलर तथा १.८ लिटर कै पेट्रोल हाइब्रिड इन्जिनमा उपलब्ध रहेको छ । जसले क्रमश: १४० तथा १२२ एचपीको पावरका सााथै १७५ एनएम टर्क जेनरेट गर्छ ।

टोयोटा कोरोला क्रसको लम्बाई ४४६० एमएम, चौडाई १८२५ एमएम तथा उचाई १६२० एमएम रहेको छ ।

यस एसयूभीमा टोयोटाको सम्पूर्ण फिचरहरु दिएको छ । जसमा अटोमेटिक हाईबिम, डाइनामिक रडार क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्नीङ्ग, प्रिकोलिजन वार्निङ्ग तथा व्लाइण्ड स्पट डिटेक्सन आदि रहेका छन् ।

यसको ड्यासबोर्डमा ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिएको छ जसले एप्पल कार प्ले सपोट गर्ने छ ।

इलेक्ट्रीक पावर बुट डोर रहेको यस कारमा ४८७ लिटरको बुट स्पेस रहेको छ । जम्मा ५.२ मिटरको टर्निङ्ग रेडियस रहेको यो एसयूभीलाई सानो ठाँउमा पनि सजिलै घुमाउन सकिन्छ ।


Back_to_top