काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले महिन्द्राका विभिन्न मोडलको मूल्य प्रकाशन गरेको छ । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुको मूल्यसूची साउन ८ गते प्रकाशन गरेको थियो । त्यही मूल्यसूचीमा महिन्द्राका विभिन्न ४४ भेरियन्टको मूल्य प्रकाशन गरेको हो ।
महिन्द्राले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार १८ लाख २५ हजारदेखि ८५ लाख २५ हजारसम्मको मूल्य उल्लेख गरिएको छ । महिन्द्राले अहिले विभिन्न पीकअप, एसयूभी, कार सेग्मेन्टका गाडीहरु बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले ल्याएको नयाँ मूल्यसूची अनुसार सबैभन्दा सस्तो मोडल सिंगल क्याब बलेरो म्याक्सी ट्रक प्लस भेरियन्ट रहेको छ भने, सबैभन्दा महंगो मूल्यको ‘एक्सयूभी ५०० को अलह्वील ड्राइभ डब्ल्यू ११’ रहेको छ ।
अहिले महिन्द्राले बलेरो सिंगल क्याब, डबल क्याप स्कार्पियो, एक्सयूभी ५००, एक्सयूभी ३००, केयूभी १००, बलेरो एसयूभी, थार अफरोड एसयूभी, टियूभी ३०० जस्ता मोडलका विभिन्न भेरियन्टको बिक्री वितरण भइरहेको छ ।
यस्तो छ सबै मोडलको मूल्यसूची


