सुरुमा पेट्रोल ब्रेजा किन्ने ५० जनालाई बम्पर नगद छुट, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकीको पेट्रोल इन्जिन युक्त ब्रेजा भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ६९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ४४ लाख ६९ हजार रुपैयाँ निर्धारण भएको छ ।

नेपालको लागि आधिकारीक वितरक सिजी मोटो कर्पले सुरुवाति ५० जना ग्राहकलाई ३ लाख ७० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ । योसँग भिएक्सआई किन्ने ग्राहकले ३७ लाख ९९ हजार र जेडएक्सआई किन्ने ग्राहकले ४० लाख ९९ हजारमा नयाँ ब्रेजा खरिद गर्न सक्ने छन् ।

कम्पनीले नयाँ ब्रेजालाई आफ्नो देशभर रहेको डिलर नेटवर्कमा पुर्याइ सकेको छ । आजबाट सबै डिलर नेटवर्कबाट नयाँ ब्रेजा ग्राहकले किन्न सक्ने छन् । यसअघि डिजेल इन्जिनमा मात्रै उपलब्ध यो मोडल अब पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहने छ ।

नयाँ ब्रेजाले नेपाली बजारमा हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ ।

नयाँ ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले जनाए अनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top