काठमाडौं । २५० सेग्मेन्ट कै सबैभन्दा सस्तो डबल स्पोर्टस मोटरसाइकल ट्रेकर २५० को अपडेटेड भर्सन नेपाल भित्रिएको छ । क्लासीक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ भर्सन नेपाल आइपुगेको जनाएको हो । कम्पनीले केही समय अगाडी ट्रेकर २५० नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले यसको ग्राफिकमा परिर्वत गर्नुका साथै केही फिचरसमेत थप गरेर ल्याएको जनाएको छ ।
कम्पनीले ट्रेकर २५० को ह्वील रिम र बडि फ्रेममा अरेन्ज कलर दिएको छ ।
यसमा थप फिचरका रुपमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल क्लस्टर, गियर इन्डिकेटर उपलब्ध रहेको छ । यस अघि विक्री भएको ट्रेकर २५० मा ५ स्पीडको गियरबक्स रहेको छ भने नयाँ ट्रेकर २५० मा ६ स्पीडको गियरबक्स जडान गरिएको कम्पनीले जनाउको छ ।
नेपाली बजारमा ट्रेकर २५० ले राम्रो बजार पाइरहेको छ । इन्ट्रिलेवल डबल स्पोर्टस सेग्मेन्टमा नेपालमा ग्राहकलाई धेरै छनोटको सुविधा नभएकाले पनि ट्रेकर २५० ग्राहको रोजाइमा पर्न सफल भएको छ । यसको पावर र यसको कम मूल्यका कारण यो मोटरसाइकल चर्चामा रहेको छ । यसले हिरो एक्सपल्स २०० र मोटरहेडका मोटरसाइकलहरु संग प्रतिस्पर्धा गरिरहेको छ ।
नयाँ मोटरसाइकलकको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन् । हाल विक्री भइरहेको ट्रेकर २५० को मूल्य ३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।


