रेनोले ल्यायो नयाँ इलेक्ट्रीक एसयूभी ‘मेगान’, यस्ता छन् फिचर

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोले इलेक्ट्रीक एसयूभी यूरोपियन बजारबाट विक्री सुरु गरेको छ । केही समय भित्रै बेलायतमा पनि यसको विक्री सुरु हुने तयारी भएकोले नेपालमा पनि यसको आउने सम्भावना देखिएको हो ।

विगत एक दशकदेखि इलेक्ट्रीक भेहिकल जोई विक्री गर्दै आएको रेनोले आफ्नो दास्रो इलेक्ट्रीक क्रसओभर एसयूभी ‘मेगान’लाई निकै आकर्षक र आधुनिक फिचर लोडेड बनाएर बजारमा ल्याएको छ ।

रेनोले निसानसँग विश्वभर रणनीति साझेदारी गर्दै आएकाले मेगानलाई निसान आरीयाको प्लाटफर्ममा बनाएको हो । यसमा निकै लामो ह्वीलवेस दिइएको छ भने क्यावीन पनि निकै फराकिलो रहेको छ । मेगानमा ग्राहकले १८ र २० इन्चको ह्वील छनोट गर्न पाउने छन् ।

इलेक्ट्रीक कार र टेक्नोलोजीको सम्बन्धलाई बलियो बनाउन मेगानमा १२.३ इन्चको फुल डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले र १२ इन्चको पोर्टेड इन्फोटेन्मेन्ट प्यानल दिइएको छ । रेनोले मेगानको ड्यासबोर्ड एकदमै प्रिमियम बनाएको छ । मेगानमा थ्रीस्पोक टप तथा बटम फ्ल्याट स्टेरिङ ह्वील, गुगल पावर्ड इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । चालकले ‘हे गुगल’ कमाण्ड गरेर भ्वाइस कमाण्डबाट धेरै फङ्सन चलाउन सकिन्छ ।

यसमा रहेको ३६० डिग्री क्यामरा डिस्प्लेले यो कार चलाउन सजिलो बनाएको छ । यो कारलाई इको, कम्फर्ट तथा स्पोर्टस जस्ता फरक फरक ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

रेनोले मेगानमा दुई व्याट्री अप्सन उपलब्ध रहेको छ । मेगानमा ४० किलोवाट आवर र ६० किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ, जसले क्रमशः ३०० तथा ४०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

यसमा रहेको व्याट्रीलाई १३० किलोवाटको फास्ट चार्जरले जम्मा ३० मिनेटमा १५ बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालमा रेनोका उत्पादन एड्भान्स अटोमोवाइलले विक्री गर्दै आएको छ । यसअघि कम्पनीले बेलायतबाट नाडा अटो शोमा जोई नेपाल ल्याएको यस्तोमा बेलायतमा विक्री सुरु भएपछि यो गाडी नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top