अटो शोमा दायः २ लाख ९८ हजार जम्मा गरे कार चढ्न पाइने

काठमाडौं । नाडा अटो सुरु हुन करिब २२ दिन मात्र बाँकी रहेको छ । सबै सवारी तथा त्यससँग सम्बन्धीत पार्टसका बिक्रेता कम्पनीहरु अटो शोको तयारीमा जुटेका छन् । यस्तोमा नयाँ ब्रान्ड दायले अटो शोमा सबैभन्दा सस्तो कार राख्ने भएको छ ।  

गत वैशाखबाट नेपाली बजारमा भित्रिएको चीनको दाय ब्रान्डका इलेक्ट्रीक कार छोटो समयमा राम्रो चर्चा बटुल्न सफल ब्रान्ड भएको छ ।

नेपाली बजारका लागि दाय ब्राण्डको आधिकारीक वितरक दिगो ग्रुप अन्तर्गतको फ्युचर ड्रिम इनर्जि प्रालि हो । कम्पनीका प्रवन्ध निर्देशक नवराज पौडेलले भने हाम्रो इलेक्ट्रीक कारले नाडामा सबैको ध्यान खिच्ने छ ।  

दाय ३५० इभी लिड एसिड ब्याट्री र दाय ३५० एलइभी लिथियम आयन ब्याट्रीका साथ बिक्री भइरहको छ । लिड एसिड ब्याट्री जडित कारको सुरुवाती मूल्य १४ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने, लिथियम आयन ब्याट्रीयुक्त मोडलको मूल्य १८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

नेपालमा पेट्रोलीयम पदार्थबाट चल्ने निजी सवारी साधनमा बैंक तथा फाइनान्सले ५० प्रतिशत मात्र फाइनान्स गर्ने सुबिधा रहेको छ तर, इलेक्ट्रीक गाडीले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने छ । जसले कम पैसा हुनेले पनि कार चढ्न सक्ने छन् । 

‘ग्राहकले मोटरसाइकल खरिद गर्ने मूल्य बराबर डाउनपेमेन्ट गर्दा कार चढ्ने मौका पाएका छन् । यो भन्दा राम्रो अवसर के होला ?’ पोडेलले भने । 

कार खरिद गर्दा सुरुवातमा २ लाख ९८ हजारदेखि  ३ लाख ४० हजारसम्म डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ ।

लिड एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीका साथ आएको यी कारहरुले एक पटकको फुल चार्जमा १ सय देखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यस कारको अधिकतम गति ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसको सञ्चालन खर्च मात्र १ रुपैया २५ पैसा प्रतिकिलोमिटर हुने कम्पनीले दाबी गरेको छ । यसमा दश किलोवाट पिक आवरको मोटर प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसमा दिइएको ब्याट्रीहरु चार्ज गर्न ४ देखि १० घन्टासम्म लाग्ने कम्पनीले जनाएको छ । जसमा लिड एसिड ब्याट्रीलाई घरमा सामान्य एसी चार्जरबाट चार्ज गर्दा  ८ देखि  १० घन्टा लाग्नेछ भने, लिथियम आयन ब्याट्री चार्ज गर्न ४ देखि ५ घन्टा लाग्नेछ । गाडीमा मनोरञ्जनका लागि इन्फोटेनमेन्ट सिस्टमको व्यवस्था रहेको छ ।


Back_to_top