बीएमडब्ल्यूको मोटरसाइकलमा ६० हजार नगद छुट

काठमाडौं । बीएमडब्ल्यू मोटरसाइकलको आधिकारिक वितरक टर्क मोटर्सले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले बीएमडब्ल्यु मोटरसाइकलमा नगद छुट योजना ल्याएको हो ।

कम्पनीले हरेक मोटरसाइकलको खरिदमा नगद ६० हजार छुट स्कीम ल्याएको छ । कम्पनीले हाल नेपालमा आफ्नो लाइनअपको सबैभन्दा सानो सिरिजको मोटरसाइकल बिक्री गर्दै आएको छ ।

कम्पनीले ल्याएको दशैं स्कीममा नगद छुट मात्र रहेका छ । टर्क मोटर्सले नेपालमा जि ३१० आर र जि ३१० जीएस बिक्री गरिरहेको छ ।

दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।

जी ३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी ३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ । यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ ।

विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ । प्रायःजसो प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेको पाइन्छ ।

कम्पनीले जसमध्ये रातो र कालो रंगका मोडल जी ३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।

त्यसैगरी रातो र कालो रंगमा बजारमा आएको बिएमडब्ल्यु जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।


Back_to_top