नाइमामा पहिलो दिनमै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को पहिलो दिनमा उत्साहजनक सहभागिता देखिएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्स्पोको पहिलो दिन मंगलबार २९ हजार बढीले अवलोकन गरेको नाइमाले जनाएको छ ।

पहिलो दिन मंगलबार विभिन्न दुईरचारपाँग्रे ब्राण्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । जसमा स्कुटरदेखि महँगा कारसम्म रहेका छन् ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।
एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ । यस अवधिमा करिब डेढ लाखले अवलोकन गर्ने नाइमाको अपेक्षा गरिएको छ ।


Back_to_top