दायून टेष्ट ड्राइभ भिडियो रिभ्यू : अफरोडमा सहजै चलाउन सकिने बजेट कार

काठमाडौं । नेपाली बजारमा नवप्रबेशी ब्राण्ड दायूनको सबकम्प्याट  इभी एसयूभी लुक्स र ग्राउन्ड क्लियरेन्सको कारण चर्चामा छ । मूल्य ३१ लाख हाराहारी पर्ने भनिएपनि ठ्याक्कै तोकेर बिक्री सुरु नभएको दायून ‘युएहु मोडल’ हामीले टेस्ट ड्राइभ गरेका हौं ।

सिजी मोटर्स आधिकारीक वितरक रहेको दायूनको युएहु मोडल उच्च ग्राउन्ड क्लियरेन्स, कम्प्याक्ट साइज र राम्रो रेन्ज भएका कारण खराव बाटाहरुमा पनि सहजै चलाउन सकिने हामीले टेष्ट ड्राइभ गर्दा पाएको थिए ।

काठमाडौंबाट रसुवागढी नाकासम्म यसलाई चलाएर लगेसँगै यसले अफरोडमा तपाईलाई विनाझन्झट सेवा दिन सक्छ भन्ने हाम्रो ठम्याई हो । काठमाडौंदेखि करिब १५० किलोमिटरको दुरी पारगरेर रसुवागढी पुग्दा यसले बोकेको लोड र पाएको रेन्जलाई उत्कृष्ट मान्नु पर्छ ।

यस यात्रामा ४ जनाको टीमलाई सहजै काठमाडौंको थलीदेखि नुवाकोटको ढुङ्गेहुँदै रसुवाको सदरमुकाम धुन्चेसम्म पर्ने विभिन्न खण्डहरु पार गरेर गएका थियौं । धुन्चेदेखि अत्यन्त बिग्रेको ओरालो बाटो छिचोल्दै रसुवागढी नाका पुगेपछि यसको अफरोड क्षमता हामीले अनुभव गरेका हौं ।

दायून यूएहु मोडलमा ३१ किलोवाट आवरको ब्याट्री र ३९ किलोवाटको मोटर छ । मोटर ब्याट्रीको कम्बीनेशनले राम्रो रेन्ज पाउन सकिन्छ । यसमा दिइएको २०१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स इलेक्ट्रीक एसयूभीलाई माथ दिने किसिमको थियो । इन्डीपेन्डेन्ट सस्पेन्सन सेटअप र चारवटै चक्कामा रहेको डिस्क ब्रेकले यात्रालाई रोमान्चक बनायो ।

कम्प्याक्ट क्याविन, उत्कृष्ट पार्किङ सेन्सर, फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम र स्मार्ट इन्ट्रुमेन्ट क्लष्टरले चालक र प्यासेन्जरलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्छ ।

 


Back_to_top