पेट्रोलियम पद्धार्थको भन्सार करमा ५०% छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलिय पद्धार्थमा लाग्ने भन्सार शुलकमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

मध्यपूर्वमा चर्किएको द्धन्नका कारण पछिल्लो समय पेट्राेलियम पद्धार्थको मूल्य ह्वात्तै बढेको छ । तीन सातामै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ र डिजेलमा ४० रुपैयाँ मूल्य बढिसकेको छ । त्यसलाई मध्येनजर गर्दै सरकारले नागरिकलाई राहत दिन भन्सार शुल्क घटाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र पेट्रोलमा ४३ रुपैयाँ घाटा छ । सरकारले कर घटाए पनि उच्च घाटाका कारण आम जनताले मूल्यमा राहत पाउने सम्भावना भने कम छ ।


Back_to_top