दिपलको प्रिमियम इलेक्ट्रीक सेडान अटो शोबाट बिक्री सुरू हुने

काठमाडौं । छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस-०७ पछि कम्पनीले अर्को प्रिमियम सेडान दिपल एल–०७ बजारमा ल्याउने भएको छ । कम्पनीले अटो शोमा यसलाई सार्वजनिक गर्ने भएको हो ।

केही यूनिट कार यसअघि नै बजारमा उपलब्ध रहेको छ । डिजाइनका हिसाबले एल०७ सेडान पनि एस०७ लाई जस्तै मास्टरपिस मान्न सकिन्छ । डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड २०२३ हासिल गरेको थियो । फ्रेमलेस डोर र इलेक्ट्रीक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइल यसमा दिइएको छ ।

यसमा प्रयोग भएको पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभुती दिलाउँछ । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७को जस्तै ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातले संकेत गर्दा पुग्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ ।

दिपल एल०७ ‘इपीए१ प्लेटफर्म’मा बनेको हो । यसमा ९९ किलोवाट क्षमताको मोटर र ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ । यसले सिंगल चार्जमा ५३० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । रियर ह्वील ड्राइभ सिस्टममा आउने एल-०७मा एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टम दिइएको छ । यसले इनर्जी इफिसेन्सीलाई सबल बनाउको छ ।

ड्यासबोर्डको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाई अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ ।

दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको ह्वील दिइएको छ । यसमा एडास २.५ प्रयोग भएको छ ।

कम्पनीले यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरु गर्न लागेको हो ।


Back_to_top