नेपाल आउन लागेको दीपल ‘एस ०५’ ले जित्यो प्रतिष्ठित डिजाइन अवार्ड

काठमाडौं । चाँडै नेपाली बजारमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी दीपल एस०५ ले प्रतिष्ठित आईएफ डिजाइन अवार्ड जितेको छ ।

एस ०५ को इनोभेटिभ डिजाइन, कटिङ-एड्ज प्रविधि र दीर्घकालिनताप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरेको हो ।

यो वर्ष आईएफ अवार्डका लागि ६६ वटा मुलुकबाट ११ हजार वटा आवेदन परेका थिए । जर्मनीको ह्यामबर्गमा आयोजना भएको उक्त अवार्ड सेरेमोनीमा २३ वटा मुलुकका १३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरिएको थियो ।

दीपलको लोकप्रिय मोडेल एस ०७ को सिब्लिंग एस०५ मा फ्युचरिस्टिक एस्थेटिक्स र अत्याधुनिक प्रविधिको समिश्रण छ । यसमा नयाँ ककपिट इन्टरेक्सन सिस्टम, स्लिक डिजाइन र अत्याआधुनिक फिचरहरू छन् जसले ड्राइभिङ एक्सपिरियन्सलाई पुनर्परिभाषित गर्नेछ । स्टाइल, इन्टेलिजेन्स र इकोफ्रेन्ड्लीनेसलाई एस०५ ले नयाँ मापदण्ड स्थापित गर्नेछ ।

‘इनोभेटिभ इन्टेरेक्टिभ एक्सपिरियन्सले कारण दीपल एस०५ लाई अरुभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट रहेको छ । यस्ता फिचरले एस०५ लाई इन्टेलिजेन्ट, इफिसेन्ट बनाएको छ ।’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ ।

५ महिनाअघि ग्लोबल लन्च गरिएको दीपल एस०५ ले चिनियाँ अटोबजारमा अहिले राम्रो चर्चा कमाइरहेको छ । केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ अर्को महिना नेपालमा ल्याउने तयारी एमएडब्लु वृद्धिले गरिरहेको छ ।

दीपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ । उसले हरेक वर्ष आफ्नो आम्दानीको १० प्रतिशत टेक्नोलोजिकल रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने गरेको छ । आउँदो तीन वर्षमा दीपलले विश्वभर ९ वटा नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ ।

हालसम्ममा दीपल चीनबाहेक दक्षिणपूर्व एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।


Back_to_top