भारतमा महिन्द्रा, हुन्डाई र टाटाको रोचक प्रतिस्पर्धा

काठमाडौं । भारतीय दुई कार ब्राण्ड महिन्द्रा र टाटा बीच तेस्रो र चौथो स्थानको लागि निकै रोचक प्रतिस्पर्धा हुन्थ्यो । सुजुकी पहिलो र हुन्डाई दोस्रो ठूलो कार निर्माताको रुपमा थिए र अहिले पनि छन् ।

भारतीय बजारमा बिक्रीकै आधारमा हुन्डाईलाई तेस्रो स्थानमा झार्न एक दुई महिनाको बिक्रीमा यसअघि टाटा सफल भएको थियो । अब महिन्द्राले पनि सफलता पाएको छ । नयाँ वर्ष २०२५ को दोस्रो महिनामा हुन्डाईलाई महिन्द्राले उछिनेको छ ।

फेब्रुअरी २०२५ मा महिन्द्राले भारतमा ५० हजार ४२० युनिट निजी सवारी साधनको होलसेल बिक्री गर्दा हुन्डाईले ४७ हजार ७२७ युनिट मात्रै बिक्री गर्न सक्यो । चौथो भएको टाटाले पनि ४६ हजार ४३७ युनिट कार बिक्री गर्दै महिन्द्रा र हुन्डाई कै नजिक बस्न पुग्यो ।

मारुती सुजुकी तीन प्रतिस्पर्धीले बिक्री गरेको कुल संख्याभन्दा एक्लै धेरै युनिट बिक्री गर्दै पहिलो स्थानमा छ । सुजुकीले फेब्रुअरीमा १ लाख ६० हजार ७९१ युनिट कार बिक्री गरेको छ ।

पाँचौ स्थानमा रहेको टोयोटाले २६ हजार ४१४ युनिट कार बिक्री गर्दा छैटो ठूलो ब्राण्ड कियाले २५ हजार २६ युनिट कार बिक्री गरेको तथ्यांक अटोपण्डितले प्रकाशित गरेको छ ।

 


Back_to_top