दिपल एस-०५ मा ५६ किलोवाट आवरको ब्याट्री

काठमाडौं । चांगान ग्रुप अन्तर्गतको न्यू इनर्जी ब्राण्ड दिपलको अर्को एसयूभी चीनमा प्रि सेल्स सुरु भएको छ । कम्पनीले ल्याउन लागेको एस-०५ मोडलको बुकिङ सुरु भएको हो ।

दिपलको सेकेन्ड प्योर इलेक्ट्रीक भेहिकल भनिएको एस-०५ मोडल रेन्ज एक्सटेन्डर (हाइब्रिड)मा पनि उपलब्ध हुने भएको हो । यसको प्योर इलेक्ट्रीक भर्सनमा ५६.१२ किलोवाट आवरको ब्याट्री रहने छ । इलेक्ट्रीक मोडलमा १७५ किलोवाट क्षमताको मोटर रहेको छ ।

यसको इआरईभी मोडलसँग १.५ लिटर क्षमताको इन्जिन छ । उक्त इन्जिनले ७२ किलोवाट पावर प्रदान गर्छ । यसमा इलेक्ट्रीक मोटर भने १६० किलोवाटको छ । दुबैको संयुक्त पावर भने २३२ किलोवाट हुन्छ ।

कम्पनीले एस-०५ मोडललाई यहि वर्षको अन्तिमबाट ग्राहकलाई डेलिभरी दिने योजना सार्वजनिक गरेको छ । अहिले एक हजार यूवान तिरेर बुकिङ गर्ने ग्राहकले डेलिभरी लिने समयमा ३ हजार यूवानको मूल्याङ्कन पाउने छन् ।

नेपालमा दिपल एस-०७ ले निकै राम्रो संख्यामा बिक्री पाइरहेको छ । चीनमा बिक्री सुरु भएको केही महिना भित्रै एस-०५ नेपाली बजारमा आउने छ । सम्भवत नेपाली बजारमा यसको इलेक्ट्रीक भर्सन मात्रै आउने छ ।


Back_to_top