निकै कम मूल्यमा आयो विलिङको नयाँ एसयूभी

काठमाडौं । विलिङले आफ्नो पहिलो एसयूभी मोडल निकै कम मूल्यमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा प्रि–सेल सुरु भएको विङ्गो एसयूभीको मूल्य १० हजार ७५० अमेरिकी डलर कायम भएको हो ।

कम्पनीको ताइनु एम प्लेटफर्ममा आधारित विङ्गो एसयूभी विभिन्न तीन ब्यट्री अप्सनमा उपलब्ध गराएको छ । यसमा ३३० किलोमिटर रेन्ज दिने ३१.९ किलोवाट आवर, ४०१ किलोमिटर रेन्ज दिने ३७.९ किलोवाट र ५१० किलोमिटर रेन्ज दिने ५०.६ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ ।

रेन्ज अनुसार तीन फरक भेरियन्टमा यसलाई बजारमा ल्याएको कम्पनीले मीड भेरियन्टको मूल्य १२ हजार र टप भेरियन्टको १३ हजार ६०० अमेरिकी डलर कायम गरेको छ ।

विलिङ विङ्गो एसयूभीको लम्बाई ४०९० एमएम, चौडाई १७२० एमएम र उचाई १५७५ एमएम रहेको छ । यसमा २६१० एमएम लामो ह्वीलवेस छ । साना र कम मूल्यका कार उत्पादन गर्ने ब्राण्डको रुपमा पहिचान बनाएको विलिङको एसयूभी निकै चर्चा कमाउन सफल भएको छ ।

विलिङले नयाँ विङ्गो एसयूभी ७४.८ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बडी निर्माण गरेको जनाएको छ । विभिन्न २२ स्थानमा स्टोरेज पाउन सकिने एसयूभीमा म्याक्फर्सनको सस्पेशन दिइएको छ ।

विङ्गो एसयूभीको इन्टेरियर दुई कलर अप्सनमा पाउन सकिन्छ । फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध एसयूभीमा ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, रिभर्स पार्किङ सेन्सर, अटो होल्ड, किलेस इन्ट्री जस्ता फिचर दिएका छन् ।

चिनियाँ कम्पनी एसएआईसी र अमेरिकी कम्पनी जनरल मोटर्ससँगै अर्को चिनियाँ कम्पनी विलिङको लगानी रहेको उक्त ब्राण्डले साना मोटर प्रयोग गरेर गाडी बनाउदै आएको छ । यस्तोमा विङिगो एसयूभीमा पनि ७५ किलोवाटको मोटर छ । कम्पनीले वाटर कुल्ड फ्ल्याट वायर मोटर दिएर यसलाई बजारमा ल्याएको हो ।

नेपाली बजारमा पनि विलिङका कार उपलब्ध रहेका छन् । पारामाउन्ट मोटर्सले विलिङका उत्पादन बिक्री वितरण गर्दै आएको छ । नयाँ एसयूभी इन्डोनेशियामा उत्पादन सुरु भएसँगै नेपाल आउने छ ।


Back_to_top