काठमाडौं । चिनको उदयमान न्यू इनर्जी भेहिकल कम्पनी दीपलको नयाँ फ्ल्यागसिप एसयूभी आउने भएको छ । चिनियाँ मिनिस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नोलोजीमा दर्ता गरेको रिपोर्टबाट नयाँ एसयूभीमा रहेका फिचरको डिटेल्स बाहिर आएको हो ।
दीपल एस-०९ को चर्चा अहिले सुरु भएको छ । यसको चर्चामा मुख्य भूमिका यसको साइजले खेलेको हो । दीपलले आफ्नो नयाँ फ्ल्यागसिप मोडलको लम्बाइ ५२०५ एमएम, चौडाइ १९९६ एमएम र उचाई १८०० एमएम दिएको छ ।
यति ठूलो एसयूभीमा ह्वीलवेस ३१०५ एमएम लामो रहने छ । दीपलले एस-०९ लाई ६ सिट र ७ सिट अप्सनमा ल्याउने रिपोर्टहरुमा उल्लेख छ । तीन रोमा सिट पाउन सकिने एसयूभीको अप्रोच एङ्गल १९ डिग्री र डिपार्चर एङ्गल २१ डिग्री रहने छ । सिंगल र डिउल मोटर अप्सनमा उपलब्ध हुने एस-०९ मा २० र २१ इन्चको ह्वील दिइने छ ।
सुरुमा रेन्ज एक्सटेन्डेड हाइब्रिड टेक्नोलोजीमा आउने एसयूभी केही महिनापछि प्योर इलेक्ट्रीकमा पनि उपलब्ध हुनेछ । दीपलले हाइब्रिड मोडलमा ‘सुपर रेन्ज एक्सटेन्सन २.० टेक्नोलोजी’ दिनेछ ।
हाइब्रिड मोडलमा १.५ लिटर क्षमताको टर्बो इन्जिन रहने छ । १४७ पीएस पावर प्रदान गर्छ । यसको सिंगल मोटर भर्सनमा २३१ किलोवाटको रियर एक्सल मोटर दिएको छ । डिउल मोटर भर्सनमा भने फ्रन्ट एक्सलमा पनि १३१ किलोवाटको मोटर रहेको छ । यो एसयूभीको टप स्पीड २०५ किलोमिटर प्रतिघण्टा रहने छ ।
दुबै सिंगल र ड्यूल मोटर भएको एस-०९ मा सीएटीएलले बनाएको लिथियम आयोन फस्फेट ब्याट्री रहनेछ । सन् २०२५ को पहिलो हाफसम्ममा बिक्री सुरु हुने यो एसयूभीको सुरुवाती मूल्य ४१ हजार ३०० डलर हुनेछ ।

