दिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना

काठमाडौं । भारतको राँचीबाट बिरामी लिएर दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटना भएको छ।

सोमबार बेलुकी साढे ७ बजेतिर दिल्लीको रेडबर्ड एयरवेजको बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान दुर्घटना भएको हो।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार उक्त दुर्घटनामा विमानमा रहेका सातै जनाको मृत्यु भएको छ । विमानमा दुई क्याप्टेन, एक बिरामी, उनका सहयोगी, चिकित्सक टोली सवार थियो ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार उक्त जहाज साँझ ७ः११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो। उक्त जहाज साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण-पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको संचार र रडार सम्पर्क विच्छेद भएको थियो ।

कोलकातासँग सम्पर्क विच्छेद भएको विमान त्यसपछि कुनै पनि एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएको थिएन।

दुर्घटनाको कारण नखुले पनि खराब मौसमका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । वास्तविक कारण अनुसन्धानपछि मात्र थाहा हुने बताइएको छ ।


Back_to_top