लुम्बिनी-श्रीलंका सिधा हवाई सेवा विस्तार गर्न माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालको लुम्बिनीबाट श्रीलंका सिधा हवाई सेवा संचालन गर्न माग गरेको छ ।

चेम्बरका प्रतिनिधिले नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पितियालाई भेटी सँग श्रीलंकामा हवाईसेवा विस्तार गरेर दुई देश बीच पर्यटक आवागमन बढाउने प्रस्ताव गरेको हो ।

चेम्बरले सातामा कम्तीमा एउटा उडान श्रीलंका-लुम्बिनी एवं लुम्बिनी-श्रीलंका सिधा हवाईसेवा सञ्चालन गरेर पर्यटक आकर्षित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलंकाका बौद्ध धर्मावलम्बीलाई नेपालमा आकर्षित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।

दुवै देशका चेम्बर प्रतिनिधिबिच दुईपक्षीय भेटवार्ता, हवाईसेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूतसमक्ष चेम्बरले प्रस्ताव गरेको थियो ।


Back_to_top