डेन्जामा अब शतप्रतिशत बीवाइडीको हिस्सेदारी

काठमाडौं । लग्जरी अटोमोबाइल ब्राण्ड ‘डेन्जा’मा बीवाइडीले शतप्रतिशत स्वामित्व आफ्नो बनाएको छ ।

बीवाइडीले केही दिन अघि डेन्जामा रहेको मर्सिडिजको १० प्रतिशत सेयर पनि खरिद गरि कम्पनीमा पूर्ण स्वामित्व एकलौटी बनाएको हो ।

सन् २०१० मा चिनियाँ कम्पनी बीवाइडी र जमर्नी अटोमोबाइल कम्पनी मर्सडिज बेन्जले ५०:५० प्रतिशत लगानीमा कम्पनी स्थापना गरेका थिए ।

सन् २०२२ मा बीवाइडीले मर्सिडिजको ४० प्रतिशत स्वामित्व खरिद गरेको थियो भने अहिले बाँकी १० प्रतिशत पनि खरिद गरी गरी आफ्नो स्वामित्व शतप्रतिशत बनाएको हो ।

डेन्जा ब्राण्ड अन्तर्गत बीवाइडीले लग्जरी न्यू इनर्जी भेहिकल उत्पादन गरिरहेको थियो । यस वर्षको जनवरी देखि अगष्ट महिनासम्म डेन्जाको ७९ हजार ८९४ युनिट भेहिकल बिक्री भएको छ ।


Back_to_top