काठमाडौं । डोङफेङ मोटरले इजिप्टमा एकैपटक ९ वटा मोडल सार्वजनिक गरेको छ ।
कम्पनीले कायरोमा इस्ट विन्ड इन्फिनिट वर्ल्ड थिममा आयोजित एक विशेष कार्यक्रममा आफ्ना ९ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
कम्पनीले इजिप्टको बजारका लागि कम्प्याक्ट एसयूभी, सेडानहरू, अत्याधुनिक इलेक्ट्रीक र हाइब्रिडगाडीहरू सार्वजनिक गरेको हो ।
कम्पनीले मागे आइसीई, शाइन आइसीई, डोङफेङ बक्स, डोङफेङ ००७, मागे ईभी, भोयाह फ्री, भोयाह ड्रिम, भोयाह प्यासन र एमहिरे ९१७ जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू सार्वजनिक गरेको हो ।
प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागतदेखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन समेत गरिएको थियो ।
९ वटा मोडल सार्वजनिक गरेसँगै कम्पनीले डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र इजिप्टको अटो मोबाइल बजारसँग अझ बलियो सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरेको छ ।

