काठमाडौं । डुम्रे बेँसीसहर सडक अन्तर्गत कुकुदी-तुरतुरे खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।
तनहुँको भानु नगरपालिका-३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका लागि चैत २१ देखि ३० गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार हरेक दिन मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ ।
उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले सबैमा आग्रह गरेको छ ।

