काठमाडौं । नेपाली बजारमा इकुटर ब्राण्डको नयाँ स्कुटर सार्वजनिक भएको छ । जिरो इमिशन राइड एनले नेपाली बजारमा इकुटर ई ३ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले यो स्कुटरको मूल्य २ लाख २५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
इलेक्ट्रीक स्कुटर इकुटर ई ३ मा १.५ किलोवाट क्षमातको मोटर उपलब्ध छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पीयर आवरको ग्राफिन ब्याट्री दिएको छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गर्न ६ घण्टाको समय लाग्छ भने फुलचार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यो स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ, क्रुज कन्ट्रोल, एलसीडी डिस्प्ले, डिस्क ब्रेक, एन्टि थेफ्ट अर्लाम जस्ता फिचर उपलब्ध छन् ।
जिरो इमिशन राइड एनले यसअघि लुयानका इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको थियो । कम्पनीको उपत्यकामा ५ शोरुम र १० सर्भिस सेन्टर संचालन गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा नै नेपालमै इलेक्ट्रीक स्कुटर एसेम्बल गर्ने तयारी समेत गरिरहेको जनाएको छ ।

