काँग्रेसको प्रतिज्ञापत्र : यातायात क्षेत्र आधुनिक, पूर्वाधारको द्रुत विकास

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।

बुधबार जनकपुरमा आयोजित कार्यक्रम बीच सभापति गगन थाले काँग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ। काँग्रेसले प्रतिज्ञापत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, नागरिक अधिकार, भ्रष्टाचार नियन्त्रण, सुशासन, सार्वजनिक यातायात, पूर्वाधार लगायत विषय समेटेको छ ।

काँग्रेसले प्रतिज्ञापत्रमा कृषि, पर्यटन, ऊर्जा, आइटी, खेलकुद, यातायात जस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुने उल्लेख गरेको छ ।

यद्यपि, कुन क्षेत्रमा कस्ता कस्ता योजना अघि बढाउने भनेर किटान गरेको छ । पूर्वाधार योजनाहरूको पनि नाम तोकिएको छैन ।


Back_to_top