अब धेरै मानिसले मान्न सुरु गरिसकेका छन् कि पेट्रोल इञ्जिनद्वारा सञ्चालित सबै मोटर तथा कारहरू लोपोन्मुख छन् । यातायातको भविष्य विद्युतीय र स्वचालित गाडीहरूमा सरेको छ । पूरै विश्व ग्याँस, डिजेल र पेट्रोल इञ्जिनका गाडीलाई प्रतिबन्ध गर्न तम्तयार भएर बसेको छ ।
सरकारलाई मन परे पनि नपरे पनि एउटा वर्ग महङ्गो भए पनि शक्तिशाली इञ्जिन भएको कार लिन रुचाउँछ । उनिहरु लाइन लागेर मुस्ताङ, फेरारी वा कामारोजस्ता गाडीमा पैसा खन्याउन पछाडि पर्ने छैनन् ।
अहिले हरेक दिनजसो मिडियाहरूमा हामी सुन्दैआएका छौं । आज यो देशको यो सहरले पेट्रोल गाडी बन्द गर्ने मिति घोषणा गर्यो । ती देशका सरकारले जिरो इमिसन सेल्स कोटा लगाइरहेका छन् । जसमा हरेक ग्याँसोलिनद्वारा सञ्चालित गाडीको बदलामा इलेक्ट्रीक भेकल्स उत्पादन गर्नुपर्ने हुन्छ ।
तर, त्यो यस्तो शुत्र हो, जसमा टेस्ला र केही चाइनिज गाडी उत्पादक बाहेक अरू कसैको जित हुँदैन । यसको पुष्टी पछिल्ला दिनमा दुनियाँभर भएका अटो–शोहरूमा कम्पनीहरूको उपस्थिति र चर्चाले प्रस्ट्याएको छ ।
जुन केही वर्ष अगाडि असाधारण हुने गथ्र्याे, अहिले सामान्य भएको छ । हाई पर्फमेन्सका सौखिनहरूलाई विद्युतीय कारमा समेत अब धेरै अप्सनहरू आइसकेका छन् । उनीहरूले हिजो करोडौँ मूल्य तिरेर किन्ने ग्यासोलिन कारहरू अब धेरै कम मूल्यमा पाउन थालिसकेका छन् । पहिला धनी र भाग्यमानीका लागिमात्र उपलब्ध ती गाडीमा आज रुची हुने सबैको पहुँचमा पुग्ने बनेको छ । लाग्छ, इलेक्ट्रीक र हाईपर्फमेन्स गाडी रोज्नु पृथ्वीलाई बचाउनु दुई विपरीत ध्रुव हुन् ।
मलाई लाग्छ, अब सरकारले ग्यासोलिनबाट सञ्चालित इञ्जिन भएको गाडीमा प्रतिबन्ध लगाउन धेरै समय कुर्ने छैन । तर, सरकारलाई मन परे पनि नपरे पनि एउटा वर्ग महङ्गो भए पनि शक्तिशाली इञ्जिन भएको कार लिन रुचाउँछ । उनिहरु लाइन लागेर मुस्ताङ, फेरारी वा कामारोजस्ता गाडीमा पैसा खन्याउन पछाडि पर्ने छैनन् ।
जो हाईपरर्फमेन्स भेहिकलका सौखिन हुनुहुन्छ, यही नै गोल्डेन समय हो किन्ने । मलाई लाग्दैन, भोलिका दिनमा यति सस्तोमा हाई परर्फर्मेन्स कारहरू पाइनेछन् । त्यसैले सम्भव छ भने अहिले नै यसको आनन्द उठाउनुहोस् ।

