काठमाडौं । हालसम्म उत्पादन भएको मध्ये सबैभन्दा धेरै बिक्री भएको विद्युतीय कार भारतीय बजारमा सार्वजनिक हुँदैछ । निसानको उक्त कार भारतीय बजारमा सार्वजनिक गर्न सकिने निसान इन्डियाका प्रमुखले बताएका छन् ।
जापानी कार उत्पादक कम्पनी निसानले २०२० सम्ममा भारतीय कार बजारमा आफ्नो हिस्सा ५ पुर्याउने घोषणा यस अघि नै गरिसकेको छ । उक्त लक्ष्य पुरा गर्न नयाँ नयाँ मोडल सार्वजनिक गर्दै जाने जनाएको छ ।
निसानले भारतीय बजारमा लागि कारमा केन्द्रीत हुने जनाएको छ । जसको मूल्य १० लाख भारु हाराहारी होस् । त्यस्तै कम्पनीले स्पोर्टस युटिलिटी भेइकलका साथै विद्युतीय सवारीसमेत सार्वजनिक गर्ने छ ।
लिफ एकपटकको चार्जमा १ सय ७२ किलोमिटरदेखि २ सय ४३ किलोमिटरसम्म कुदाउन सकिन्छ ।
निसानको लोकप्रिय इलेक्ट्रिक भेइकल लिफासमेत भारतमा आउने छ । हाल भारतीय बजारमा निसानको बजार हिस्सा १.६ प्रतिशत रहेकाले २०२२ सम्ममा यसलाई बढाएर ५ प्रतिशत पुर्याउने लक्ष्य रहेको निसान इन्डियाका अप्रेशन प्रमुख थोमस कुहलको भनाइ छ ।
आगामी १२ देखि १८ महिना निसान यही अवस्थामा नहुने भन्दै थोमसले भने, “निसान अब यही अवस्थामा बस्दैन आगामी १८ महिनासम्ममा अहिलेको भन्दा १ प्रतिशत बजार हिसा बढाएको हुनेछ ।”
निसान लिफको मूल्य कति पर्ला
निसानको लिफ भारत बाहीरबाट आयात हुने छ, जसका कारण उक्त कारको मूल्य निक्कै महगो हुनेछ । यो कारको सुरुवाति मूल्य नै ३० देखि ४० लाख भारु पर्ने अनुमान गरिएको छ ।
निसान अल न्यू लिफामा ४० किलोवाट–आवर लिथियम–इओन व्याट्री प्रयोग भएको छ । २०११ मा सार्वजनिक हुँदा लिफामा २४ केडब्लूएच व्याट्री रहेको थियो । यसले ७ वर्षमा विद्युतीय सवारीमा प्रयोग हुने व्याट्रीमा कति फड्को मा¥यो भन्ने कुरासमेत पुष्टि गर्छ ।
पुरानो लिफमा ८० केडब्लू इलेक्ट्रिक मोटर प्रयोग भएको थियो भने नयाँ लिफमा १ सय १० केडब्लूको मोटर प्रयोग भएको छ । जसले १ सय ४७ हर्सपावर शक्ति दिनेछ । नयाँ लिफले शून्यदेखि १ सय किलोमिटरको गती ७.४ सेकेन्डमा तय गर्न सक्छ । यति मात्र होइन लिफ एकपटकको चार्जमा १ सय ७२ किलोमिटरदेखि २ सय ४३ किलोमिटरसम्म कुदाउन सकिन्छ ।
निसानका अनुसार लिफमा प्रयोग भएको व्याट्री २ सय २० भोल्टमा ७.५ घण्टामा फुल चार्ज गर्न सकिने छ । क्वीक चार्ज मार्फत भने ८० प्रतिशत चार्ज गर्न ४० मिनेटमात्र लाग्नेछ । यो कार १२० भोल्टमा समेत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।
निसानले गरेको घोषणा अनुसार कम्पनीले भारतमा हरेक ६ महिनामा एउटा नयाँ कार सार्वजनिक गर्ने छ । यही वर्षको फेस्टिभ सिजनबाट निसान तथा ड्याटसन दुवै ब्रान्डका नयाँ सवारी सार्वजनिक हुनेछन् ।

