विद्युतीय कार सस्तो र शक्तिशाली बनाउन कस्सिए उत्पादक, यस्तो छ तयारी

काठमाडौं । विगतका वर्षहरूमा विद्युतीयकारको त्यति धेरै महत्व थिएन । तर, पछिल्लो समय विद्युतीय सवारी प्रति राज्य तथा नागरिकहरूमा धेरै चासोको विषय बनेको छ । 

सवारीसाधनले प्रदूषण बढाउन ठूलो भूमिका खेलेकाले डिजेल/पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्प खोज्न थालिएको हो । त्यसको सबैभन्दा उपयुक्त विकल्पको रुपमा विश्वका ठूला सवारी निर्माताहरूले समेत विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिन थालेका छन् । 

अमेरिकामा सन् १९०० मा ४ हजार १ सय ९२ कार उत्पादन भएकोमा त्यसमध्ये २८ प्रतिशत विद्युतीयकार थिए ।

दुईपाङ्ग्रे सवारी मात्र होइन, चारपाङ्ग्रे सवारी हुँदै ठूला मासट्रान्सोर्टका साधन उत्पादनमा समेत विभिन्न कम्पनीहरूले ठूलो धनराशी खर्चन थालेका छन् । 

विश्वभर विद्युतीय सवारीको चासो बढी रहेको छ । संसारका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारी उत्पादनमा आफूलाई अब्बल सावित गर्न प्रयासरत रहेका छन् । 

सवारी उत्पादक कम्पनीहरूले मात्र होइन धेरै मुलुकहरूले समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिएका छन् । कतिपय देशहरूले एउटा सहरलाई इन्धनबाट चल्ने सवारीमुक्त सहरको रुपमा घोषणा गर्ने क्रममा छन् भने केहीले गरिसकेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकतामा राखिएको छ । निजी कारमात्र होइन, भारतमा सार्वजनिक सवारीमा समेत विद्युतीय सवारी प्रयोगमा आउने भएको छ ।

पछिल्लो समय भारतमा विद्युतीय सवारी उद्योग व्यापक विस्तारहुँदै गइरहेको बताइन्छ । विद्युतीयकार उद्योगमा भएको विस्तारका केहीकारणहरू यस्ता छन् । भारत सरकारले लिएको नीतिअनुसार २०२० सम्ममा प्रदुषणदर निक्कै कमगर्नुपर्छ । उक्त अवधिसम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको तुलनामा प्रदूषण नगर्ने विद्युतीय सवारी प्रतिआम-मानिसको आकर्षण बढ्ने अनुमानगरिएको छ । 

भारतको न्यायालयले सरकारलाई प्रदूषण नियन्त्रणका लागिआदेश दिएकाले पनि सरकारले विद्युतीय सवारी उत्पादकलाई उच्च प्राथमिकता दिएको हो । 

१९२० मा हेनरी फोर्डले पेट्रोलियम पदार्थ बाल्ने क्षमता भएको इञ्जिन विकास गरिसकेका थिए । यो इञ्जिन जडित कार विद्युतीयकारको तुलनामा सस्तो बनेको थियो ।

अमेरिकी विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाजस्ता सवारी उत्पादकहरूले विद्युतीय सवारीको विश्वव्यापी प्रोत्साहन गरिरहेका छन् । 

विश्वका मुख्य सवारी उत्पादक जनरल मोटर्स, फक्सवागन, डिमलर एजीमात्र होइन, भारतीय सवारी उत्पादक कम्पनीहरूले पनि विद्युतीय सवारी उत्पादनमा प्राथमिकताका साथ लागेका छन् । 

यस्तो छ विगत 

१८९९ र १९०० मा अमेरिकामा अन्य सवारीको तुलनामा विद्युतीय कारहरू धेरै बिक्री हुने गरेको थियो । अमेरिकामा सन् १९०० मा ४ हजार १ सय ९२ कार उत्पादन भएकोमा त्यसमध्ये २८ प्रतिशत विद्युतीयकार थिए । पेट्रोल तथा स्टिम–पावर्ड इञ्जिनको तुलनामा विद्युतीय सवारीको धेरै विशेषता उल्लेख गरिएको थियो । 

त्यतिबेला सवारी उत्पादकहरूले विद्युतीय सवारीले ध्वनी प्रदूषण नगर्ने, भाइब्रेसन नआउने, गन्धन आउनेलगायत फाइदाको प्रचार गरेका थिए । 

१९२० मा हेनरी फोर्डले पेट्रोलियम पदार्थ बाल्ने क्षमता भएको इञ्जिन विकास गरिसकेका थिए । यो इञ्जिन जडित कार विद्युतीयकारको तुलनामा सस्तो बनेको थियो । 

सन् १९१२ मा इलेक्ट्रीक कार १ हजार ७ सय ५० अमेरिकी डलरमा बिक्री हुन्थ्यो भने पेट्रोल कार ५ सय ५० अमेरिकी डलरमै बिक्री हुन्थ्यो ।

सन् २०१७मा व्याट्री प्याक औसतमा प्रतिघण्टा २ सय ८ अमेरिकी डलर प्रतिवाट रहेको थियो । यसलाई २०३० सम्ममा७० अमेरिकी डलरमा झार्ने अनुमान गरिएको छ । 

१९६०/७० को दशकमा पुनःविद्युतीयकार प्रति सबैको चासो बढेको थियो । कारण थियो प्रदूषण नियन्त्रणको मुद्दा । योसँगै सवारी उत्पादकहरू ई-कार उत्पादनमै केन्द्रित हुन थालेका हुन् । सन् १९७० को दशकमा मिनिएचर कम्प्यूटर कार ज्यादै लोकप्रिय हुन पुगे । त्यतिबेलाको ‘सिटीकार’ टप स्पीड ४४ एमपीएच थियो, जबकी सामान्य क्रुजकारको स्पीड ३८ एमपीएच मात्र र रेञ्ज ५० देखि ६० माइल्स थियो । त्यतिबेलाको अर्को चर्चित कार एलकारको उच्चगति ४५ एमपीएच र रेञ्ज ६० माइल्स थियो ।

सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारीको प्रविधि विकासमा लगानी बढाउन थाले । बीएमडब्लूले १९७२ को ओलम्पिकमा आफ्नो पहिलो विद्युतीयकार सार्वजनिक गरेको थियो । उक्त कारमा टुवेल्भ लिड-एसिड स्टाटर व्याट्री राखिएको सवारीको विशेषता ४२ हर्सपावर इलेक्ट्रीक मोटर रहेको थियो । यो कारको अधिकतम् गति ६२ एमपीएच र रेञ्ज ३७ माइल्स रहेको थियो । 

चुनौति सस्तो र शक्तिशाली बनाउने

विद्युतीय सवारी कसरी सस्तो र शक्तिशाली बनाउन सकिन्छ भनेर विभिन्न कम्पनीहरूले अर्बौं डलर लगानी गरेका छन् । कम्पनीहरूका अनुसार अबको केही समयपछि विद्युतीय सवारी सस्तो हुने छ । विद्युतीय सवारी सस्तो हुनका लागि त्यसमा प्रयोग गरिने व्याट्रीको प्रविधि सस्तो हुन आवश्यक छ । 

ब्लूबरिङ न्यूजएजेन्सी फाइनान्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ सम्ममा अहिलेको तुलनामा व्याट्रीको लागत निक्कै कम हुनेछ, त्यो हिजो आज पाइनेभन्दा सस्तिँदै जानेछ । विश्वभर विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माणले तिब्रता पाउन थालेको छ । 

जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वनका लागि पनि विद्युतीय सवारी प्राथमिकतामा परेको हो । यसले विद्युतीय सवारीको बारेमा विश्वभर चहलपहल बढाएको हो । विश्वका कतिपय देशहरूले समयसीमा नै तोकेर ग्यासोलिन तथा डिजेल इञ्जिनबाट चल्ने सवारीको बिक्रीमा रोक लगाउने घोषणा गरिसकेका छन् । सबैभन्दा धेरै जनसंख्याभएको देश चीनले पनिविद्युतीय सवारीको उत्पादन र त्यसमाप्रयोग हुने व्याट्री सस्तोमा कसरी उत्पादनगर्न सकिन्छ भन्ने व्यापक अनुसन्धान गरिरहेको छ । 

सन् २०१७मा व्याट्री प्याक औसतमा प्रतिघण्टा २ सय ८ अमेरिकी डलर प्रतिवाट रहेको थियो । यसलाई २०३० सम्ममा७० अमेरिकी डलरमा झार्ने अनुमान गरिएको छ । 


Back_to_top