महिन्द्राको नयाँ कम्प्याक्ट एसयूभी आउँदै, ब्रेजा, नेक्सन र इकोस्पोर्टसँग प्रतिस्पर्धा

काठामाडौं । महिन्द्रा एन्ड महिन्द्राले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । नयाँ आउने एसयूभीको नाम भने राखिएको छैन । नाम दिइनसकेको भएपनि उक्त गाडीलाई एस २०१ कोड नाम दिइएको छ । 

महिन्द्राको यो गाडी कोरियाली प्रिमियम एसयूभी निर्माता स्याङयोङको टिभोलीसँग मिल्दोजुल्दो हुने बताइएको छ । एस २०१ स्याङयोङ टिभोलीमा आधारित रहेको सव–४ मिटर एसयूभी हुनेछ । 

यो कार हाल परीक्षणका क्रममा रहेको कम्पनीले जनाएको छ । यो कम्प्याक्ट एसयूभीले मारुतीको भिटारा ब्रेजा, फोर्डको इकाेस्पोर्टस् र टाटाको नेक्सनसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । 

एस २०१ एसयूभी १.२ लिटर जी ८० टर्बो पेट्रोल इञ्जिन र १.५ लिटर डिजेल इञ्जिनमा उपलब्ध हुनेछ । कम्पनीले उक्त गाडी १.५ लिटर पेट्रोल र १.६ लिटर डिजेल इञ्जिनमा समेत उपादन गर्ने बताइएको छ । उक्त गाडी सार्वजनिक हुने मिति र मूल्यबारे भने कम्पनीले हालसम्म केही भनेको छैन । 


Back_to_top