काठमाडौं । अमेरिकी निर्वाचनमा डोनाल्ट ट्रमको विजयसँगै सर्वाधिक चर्चामा रहेका टेस्ला मोटर्सका सीईओ इलन मस्कले आफ्नो सम्पत्ती १३ अर्ब डलरले बढाएका छन् । ट्रम्पको निर्वाचनमा अग्रस्थानमा रहेर क्याम्पेन गरेका मस्कले ट्रम्पको विजयसँगै एक दिनमै आफ्नो सम्पत्ती १३ अर्वले बढाउन सफल भएका हुन् ।
ट्रम्पको विजयसँगै टेस्लाको स्टकमा उछाल आएको थियो । टेस्लाको मार्केट भ्यालू १ ट्रिलियन डलर पुगेसँगै सीईओ मस्कको कुल सम्पत्ती ३०० विलियन डलर पुगेको हो ।
टेस्लाको सबैभन्दा ठूलो सेयरधनी रहेका मस्कको सम्पत्ती आफ्नो प्रतिस्पर्धी ल्यारी इलिसनभन्दा ७० विलियन धेरै रहेको छ । मस्कसँग १३ प्रतिशत टेस्लाको सेयर रहेको छ । टेस्ला विश्वमै इलेक्ट्रीक कारको लागि परिचित कम्पनी हो ।
इलन मस्कको राजनीति सक्रियतालाई धेरैले ट्रम्प प्रशासनमा उनको महत्वपुर्ण भूमिका रहने आँकलन गरिरहेका छन् । विश्वका राजनीतिक विशलेषकले ट्रम्पको विजयमा मस्कको भूमिकालाई निकै महतवपूर्ण मानेका छन् ।


