काठमाडौं । नाइमा नेपाल मोविलिटी एक्स्पोमा निकै चर्चा पाइरहेको लीपमोटर बी-१० किन्नेले मासिक ४६ हजार किस्ता तिर्दा पुग्छ । साँग्रिला मोटर्सले नाइमा अटो एक्स्पो अफरभन्दै ४९ लाख ९९ हजारमा दिदै आएको बी-१० को इन्ट्री भेरियन्ट किन्दा मासिक ४६ हजार तिर्दा पुग्ने भएको हो ।
कम्पनीले राखेको अफर मूल्य अनुसार बी-१० किन्दा मूल्यको ४० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ६०० रुपैयाँ सुरुमै बुझाउनु पर्छ । बाँकी २९ लाख ९९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा पाउन सकिन्छ ।
अहिले बैंकहरुले ६.५ देखि ८ प्रतिशत ब्याजदरमा सहजै कर्जा उपलब्ध गराएका छन् । हामीले यहाँ ७.५ प्रतिशत ब्याजदरमा कर्जा दिएर किन्दा आउने मासिक किस्ता निकालेका छौं । ७ वर्षसम्म मासिक किस्ता तिर्नेगरी बी-१० लिन सकिन्छ ।
यदि, बैंकको यही सर्तमा ठूलो ब्याट्री भएको बी-१० खरिद गर्ने योजना बनाउनु भएको छ भने मासिक ५२ हजार ४५० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
के छ इन्ट्री भेरियन्ट बी-१० मा ?
लीपमोटर बी-१० एसयूभीको इन्ट्री भेरियन्टमा ५६.२ किलोवाट आवरको ब्याट्री छ । यसले ३७० किलोमिटर आसपास रेन्ज दिने अनुमान गर्न सकिन्छ । यसको टप भेरियन्टमा ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री छ । ठूलो ब्याट्री भएको बी-१० किन्दा ५६ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
दुबै भेरियन्टमा रहेको ब्याट्रीलाई ११ किलोवाटसम्मको एसी चार्जर र १६८ किलोवाटसम्मको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । एडास लेभल २ फिचर उपलब्ध कारमा सबै किसिमका आधुनिक सुरक्षा फिचर दिइएको छ ।
कम्पनीले दुई ब्याट्री अप्सनमा बी-१० ल्याएको भएपनि मोटर भने दुबै भेरियन्टमा १६० किलोवाट पीकपावरको छ । यसको पीकटर्क २४० न्यूटन मिटर छ । रियर ह्वील ड्राइभ सिस्टम भएको एसयूभीको पर्फमेन्स पनि उच्च रहने कम्पनीको दावी छ ।
साइजको आधारमा पनि बी-१० पर्फेक्ट लाग्छ । यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस छ ।

