बम्पर छुटसहित टाटाको गाडी चेकजाँच सुरु

काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना सम्पूर्ण गाडीको सर्भिसिङमा बम्पर छुट प्रदान गर्ने भएको छ । कम्पनीले आजबाट सुरु गरेको ‘इन्जिन केयर क्याम्प’मा सर्भिसिङ गराउनेले स्पेशल स्कीम पाउने भएका हुन् ।

टाटा मोर्टसको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत÷संभारगरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उद्देश्यले इन्जिन कियर क्याम्पको आयोजना गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ । कम्पनीले यो सेवा टाटाका कमर्शियल गाडीमा प्रदान गर्ने छ ।

आज एक समारोहका बीच टाटा मोर्टस कस्टुमर कियर सार्क रिजन हेड वेंकटेश आलबलले इन्जिन कियर क्याम्पको शुभारम्भ गरेका हुन् ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट, ल्युव्रिकेन्टमा २० प्रतिशत छुट, लेवर चार्जमा २५ प्रतिशत छुट दिने जनाएको छ । साथै, चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिम समेत प्रदान गर्ने सिप्रदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुबाट पौष १५ गतेसम्म उक्त क्याम्पको सेवा लिन सकिने छ ।


Back_to_top