एनआईयू इलेक्ट्रीकको नयाँ शोरुम बौद्धमा

काठमाडौं । नेपालका लागि एआईयू इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले बौद्धमा नयाँ शोरुमका स्थापना गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त शोरुम उद्घाटन गरिएको हो ।

यो शोरुम एनआईयूको लागि काठमाडौं उपत्यका भित्रको ५ औं शोरुम हो ।

बिगत ५ वर्षदेखि इको इन्फिनिटीले एनआईयूका इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । करिव २ हजार १ सय न्यु स्कुटर नेपाली बजारमा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

ग्राहकले ब्याट्रीको स्टाटस, राइडिङ हिस्ट्री लगायतका कुरा आफै हेर्न सक्ने सुविधा यसमा रहेको छ । बिक्रीपछिको सेवा तथा सुविधा पनि राम्रो रहेका कारण पनि ग्राहकको रोजाईमा एनआईयूका स्कुटरहरु पर्ने गरेको कम्पनीको दावी छ ।

एनआईयूका अन्य शोरुमहरु काठमाडौंको दरवार मार्ग, झम्सिखेल, बुटवल, झापाको बिर्तामोड, भक्तपुरको सुर्यविनायक र पोखरामा छन् ।

कम्पनीका अनुसार टेकु र इटहरीमा एनआईयूको नयाँ शोरुम उद्घाटनको तयारी भइरहेको छ । इको इन्फिनिटीको मुख्य उद्देश्य शहरी गतिशीलताका लागि ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्नु रहेको कम्पनीका डाइरेक्टर प्रगुन राजभण्डारीले बताए । इको इन्फिनिटीले सस्तो मूल्यमा पर्यावरण मैत्री सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीका डाइरेक्टर तरुन बज्राचार्यले जानकारी दिए ।

 


Back_to_top