महिन्द्रा ‘स्कर्पियो एन’ले पायो ५ स्टार सेफ्टी रेटिङ, चाँडै नेपाल आउने

काठमाडौं । महिन्द्राको नयाँ जेनेरेशन स्कर्पियो एनले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । महिन्द्राले यसलाई बजारमा ल्याउने समयमा नै यसले ५ स्टार रेटिङ पाउनेगरी तयार गरिएको जानकारी दिएको थियो ।

नयाँ स्कर्पियो एनले एडल्ट प्यासेन्जर सुरक्षामा ५ स्टार रेटिङ पाएको हो । उसले ३४ प्वइन्टमा गरिएको परिक्षणमा २९.२५ प्वइन्ट पाउन सफल भएको हो । तर, चाइल्ड प्यासेन्जर सेफ्टीमा भने यसले ३ स्टार मात्रै पाउन सफल भएको छ । चाइल्ड सेफ्टीमा ४८ प्वइन्ट पूर्णाअंक मध्ये २८.९४ अंक मात्रै पाउन सफल भएको हो ।

नयाँ स्कर्पियो एनले साइड इम्प्याक्ट टेस्टमा उत्कृष्ट नतिजा पाउन सफल भएको छ । ग्लोबल एनक्यापले नयाँ तरिका अवलम्बन गर्दा साइड इम्प्याक्ट परिक्षण गर्न सुरु गरेको छ । यसमा १७ अंक मध्ये नयाँ स्कर्पियोले १६ अंक पाउन सफल भएको छ ।

यस्तो छ स्कर्पियो एन

महिन्द्राले भारत, नेपाल र साउथ अफ्रिकामा एकै दिन सार्वजनिक गरेको नयाँ स्कर्पियो एन नेपालमा अझै विक्री सुरु हुन सकेको छैन । सरकारले आयात प्रतिबन्ध लगाउँदा यसको विक्री सुरु हुन नसकेको हो । अब भने यसलाई नेपालमा विक्री सुरु गर्ने बाटो खुल्ला भएको छ ।

निकै प्रिमियम क्याविन र स्पोर्टी लुक्स स्कर्पियो एनको बलियो पक्ष हो । दुई कलरमा सजिएको ड्यासबोर्ड, टप भेरियन्टमा दिइएको लेदर सिट, स्टेरिङ, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिएको छ । साथै सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।

कम्पनीले नयाँ स्कर्पियो एनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसमा सोनीको थ्रीडी साउन्ड सिस्टम पाउन सकिन्छ । निकै प्रतिक्षा गरिएको स्कर्पियो एन मोडल २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन दिइएको छ ।


Back_to_top