काठमाडौं । डुकाटीको अफरोड मोटरसाइकल सार्वजनिक भएको छ । डुकाटी इन्डियाले भारतीय बजारमा डुकाटी डेजर्टएक्स सार्वजनिक गरेको हो ।
कम्पनीले १७ लाख ९१ हजार भारतीय (एक्स शोरुम) मूल्य तोकेर अफरोड मोटरसाइकल बजारमा उतारेको हो । कम्पनीले डेजर्टएक्सलाई भारतको विभिन्न सहरमा बुकिङ खुल्ला गरेकोे छ ।
दिल्ली एनसीआर, मूम्वाई, पुणे, हैदराबाद, बैंगलोर, कोची, कोलकोता र चेन्नाई जस्ता ठूला सहरमा डुकाटीको आधिकारिक शोरुमबाट डेजर्टएक्स बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो मोटरसाइकलको डेलिभरी जनवरी २०२३ को पहिलो हप्तादेखि सुरु हुनेछ ।
डुकाटी डेजर्टएक्समा ९३७ सीसी टेस्टास्ट्रैटा ट्वीन सिलिन्डिर इन्जिन रहेको छ । यो इन्जिनले ९२५० आरपीएममा ११० हर्सपावरका साथै ६५०० आरपीएममा ९२ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले पुर्णरुपमा अफरोड डिजाइनमा निर्माण गरेको यो मोटरसाइकलको फ्रन्टमा २१ इंन्चको ह्वील दिइएको छ ।
सिंगल राइडको लागि यो मोटरसाइकल प्रयोग गर्दा यसको पिलियन सिट हटाएर ८ लिटरको इन्धन ट्याङ्क लगाउन मिल्ने सुबिधा दिइएको छ ।
यो मोटरसाइकलमा भर्टिकल हाई रेजुलेशन ५ इंन्चको टीएफटी डिस्प्ले रहेको छ । यो डिस्प्लेलाई डुकाटी मल्टिमिडिया सिस्टममा जोड्न सकिने छ । यसमा स्मार्ट कनेन्ट फिचर, कल मेनेजेन्ट, टर्नवाईटर्न नेभिगेशन, जस्ता अन्य फिचर पाउन सकिन्छ ।

